नेकपा स्थायी कमिटी सदस्य शाक्यको उपस्थीतीमा म्याग्दीमा पुर्व माओवादी निकट गुटको बैठक

नेकपा भित्रको आन्तरीक किचलो म्याग्दीमा पनि प्रवेश भएको छ । पुर्व माओवादीका नेता तथा वर्तमान नेकपाका स्थाई कमिटी सदस्य हितमान शाक्यको नेतृत्वमा बेनी बजारको महारानिथानमा पूर्व माओवादी निकट केही नेताहरुको गुटको बैठक भएको छ । शाक्य सँगै आएका पूर्व माओवादी निकट नेताहरु सरीता सुवेदी गुरुङ्ग सहितको टोलिले गुटको भेला गरेर फर्किएको बैठकमा सहभागी पूर्व माओवादी निकट नेकपा म्याग्दीका एक नेताले नाम नबताउने सर्तमा बताए ।
उनिहरुले म्याग्दी जिल्लामा आफ्नो गुटको अवस्थाका बारेमा जानाकारी लिनुका साथै जुनसुकै बेला पनि फुटको अवस्था आउन सक्ने भन्दै आफ्नो कार्यकर्ताहरु लाई तयारी अवस्थामा बस्न निर्देशन गरेका छन् । उनिहरुले प्रचण्ड द्धारा सचिवालयमा पेश भएको प्रस्तावको विरोधमा आएको ओलिको प्रस्तावका विषयमा टिप्पणी गरेका थिए । बैठकमा म्याग्दीमा पूर्व माओवादी निकट नेताहरुले आफ्नो गुटको अवस्थाका बारेमा पनि शाक्य र सुवेदी गुरुङलाइ जानकारी गराएका उनले बताए ।

You can share this post!

नेपालमा कोरोना निको हुने दर ९४.१ प्रतिशत, संक्रमितमध्ये ६६.५ प्रतिशत पुरुष

म्याग्दीमा सडक निमार्णको नाममा क्रसर सञ्चालन गरी वालुवा तस्करः तस्करी परे फन्दामा

Related posts