म्याग्दी । म्याग्दीका उदीयमान लोक गायक बाबुराम रसाईलीको साँगतिक कोसेली “बेनीको बजार“ पञ्चेबाजा गीत सार्वजनिक भएको छ ।
निरन्तर गीतसङ्गीतमा तल्लिन रहेका रसाइलीको यो छैठौँ गीत हो ।
म्याग्दी जिल्लाको बाबियाचौर दुखु , बेनी, रत्नेचौर लगायतका स्थानमा छायाङ्कन गरिएको यस पञ्चेबाजा गीतमा गायक रसाईली र लोकप्रिय गायिका अमृता नेपालीको स्वर रहेको छ ।
आफूले रोजेको प्रेमी हुँदाहुँदै बुबाआमाको इच्छानुसार अर्कैसँग विहे हुँदा निम्तिएको दर्दनाक घटना यस गीतमा उतारिएको छ ।
विपिन पौडेलले लेख्नु भएको यस गीतको एरेञ्ज चर्चित सारङ्गी वाधक हेमन्त कान्छा रसाइलीले गर्नुभएको हो ।
भिडियो
https://www.youtube.com/watch?v=ulPVQH_LXgQ
भिडियो निर्देशन गोकुल विश्वकर्मा, क्यामेरा किरण कार्की तथा मुख्य अभिनयमा विकास विश्वकर्मा, ज्ञानु राना फगामी, सुशन बर्देवा, अजीत बरुवाल, पविता पुन, हिमाल गुरुङ लगायतका कलाकारहरु रहेका छन ।
गायीका अमृता नेपालीको युटुव च्यानलबाट सार्वजनिक भएको गीतको प्रतिक्रिया राम्रो आएको गायक रसाईलीले बताउनुभयो । समुहमा काम गरेका छौँ, सवैको मेहनतले गीत राम्रो बनेको छ, श्रोता दर्शकले माया गर्नुहुनेछ भन्ने विश्वस्त छु, गायक रसाईलीले भन्नुभयो ।
तिमीलाई सम्झिंदाको पल, माया तिमीले कहिल्यै नभुल, जानु पर्छ गोठमा, हातमा उनकै नाउँ छ, पुर्णगाउँको चिनारी गीत सार्वजनिक गरिसकेका गायक रसाइलीले निन्तर गीत संगीतमा लाग्ने योजना बनाएको सुनाउनुभयो ।