म्याग्दीमा सडक निमार्णको नाममा क्रसर सञ्चालन गरी वालुवा तस्करः तस्करी परे फन्दामा

म्याग्दीमा सडक निमार्णको नाम स्थापना गरीएको क्रसर उघोगहरुले वालुवा तस्करी गरीरहेको पाईएको छ । बेनी जोमसोम कोरोला सडक खण्डमा सडक निमार्णका लागि चाहिने मेट्रीयल उत्पादन गर्नका लागि रघुगंगा गाउँपालिका १ बेगखोलामा सञ्चालनमा ल्याईएको क्रशर उघोगले सडकको नाममा क्रशर उघोग सञ्चालनमा ल्याएर वालुवा तस्करी गरीरहेको सशस्त्र प्रहरी वल नेपाल आश्रीत गुल्म म्याग्दीले रङ्गेहात फेला पारेको छ ।

ओमकारेश्वर कन्ट्रक्सन् प्रा.लि ले सञ्चालनमा ल्याएको उक्त क्रशरबाट बेनी नगरपालिका ९ गलेश्वरमा निमार्ण हुन लागेको व्यक्तिगत घरमा वालुवा तस्करी गर्न लागेको सुचना पाए पछि प्रहरीले गस्ती परिचालन गरेर ना ८ ख ४२०८ र ना ८ ख ४२०७ नम्बरको टिप्परमा वालुवा सहित टिप्परका चालक र सहचालक लाई नियन्त्रणमा लिएकोे सशस्त्र प्रहरी नायव उपरीक्षक हरी गुरुङले बताउनु भयो ।


सडकका नाममा अबैध रुपमा क्रशर सञ्चालन भै रहेको र रातको समयमा नदि दोहनगरी ढुङ्गां, गिटी, वालुवा तस्करी गर्ने गरेको सूचना मिले पछि सो क्षेत्रमा सशस्त्र प्रहरी वलले गस्ती बढाएको थियाे । तस्करी गरी रहेकै बेलामा नियन्त्रणमा लिएको उत्त टिप्पर र टिप्पर चालकलाई बिहीबार जिल्ला प्रशासन कार्यालय म्याग्दी र जिल्ला समन्वय समितिको कार्यालयमा हस्तान्तरण गरीने गुरुङले बताउनु भयो । पछिल्लो समय सो इलाकामा काठ, ढुंङ्गा, गिटी, वालुवा लगाएत नदिजन्य पर्दार्थको अबैध रुपमा ओसार पोसार तथा तस्करी गर्ने गरेको सूचना आफुहरुलाई प्राप्त भएको प्रनाउ गुरुङले बताउनु भयो । सरकारले मापदण्डविपरीत र बिना दर्ता सञ्चालित क्रसर उद्योगलाई बन्द गर्न जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन गरीसको छ । सडकको प्रयोजनका नाम पारेर सञ्चालनमा ल्याईएको उक्त क्रशर व्यक्तिगत प्रयोजनका लागि पनि ढुंगा गिटी वालुवा उत्खनन गर्ने गरेको यो पहिलो पटक नभएको स्थानियहरुले बताउँछन् ।


देशभर पहुँच, प्रभाव र सत्ता निकटका आधारमा ढुंगा, गिट्टी तथा बालुवा उत्खनन्, दोहन र बिना दर्ता व्यवसाय सञ्चालनको प्रवृत्ति बढ्दो क्रममा छ । यस्ता व्यवसायमा संलग्न व्यक्ति गुण्डागर्दी लगायत अपराधमा समेत मुछिँदै आएका छन् । पछिल्लो ३ वर्षयता स्थानीय सरकार सञ्चालनमा आएसँगै नदी र गिट्टी, बालुवाको दोहन झनै बढेको छ ।

You can share this post!

नेकपा स्थायी कमिटी सदस्य शाक्यको उपस्थीतीमा म्याग्दीमा पुर्व माओवादी निकट गुटको बैठक

तोकिएका कर्मचारी नहुदाँ कार्यालय सहयोगीको भरमा मालपाेत कार्यालय

Related posts