तोकिएका कर्मचारी नहुदाँ कार्यालय सहयोगीको भरमा मालपाेत कार्यालय

सेवा ग्राहीको घुईचो लाग्ने कार्यालय भित्र पर्छ मालपोत कार्यालय । म्याग्दी जिल्लाको सदरमुकाम बेनी बजारको बेनी नगरपालिका को कार्यालय आडि रहेको मालपोत कार्यालयमा हिजो र आज सेवाग्राहीले टेक्नका लागि समेत ठाउँ छैन ।
कोभिडका कारण रोकिएका काम कार्वाही विस्तारै खुल्न थाले पछि अन्य कार्यालय सँगै मालपोतमा पनि सेवा ग्राहीको भिडभाड बढेको छ । कोरोना जोखिम लाई मध्यनजर गर्दै भौतिक दूरी कायम गरी कार्यालय सञ्चालन गरीएको छ तर कार्यालयमा आवश्यक कर्मचारीको दरबन्दी संख्याको पद पूर्ति नहुँदा कार्यालयमा कामकागजमा समस्या आउने गरेको मालपोत कार्यालय म्याग्दीका प्रमुख कृष्ण बहादुर कार्कीले बताउनु भयो ।


२० जनाको दरबन्दी रहेको कर्यालयलयमा ६ जाना कार्यालय सहयोगी सहित १३ जना कार्यरत रहेका छन् । ६ जना नासु दर्वन्दी रहेको कार्यालयमा जम्मा १ जना मात्रै नासु कार्यरत छन् भने ५ जना नासुको दरबन्धी खालि रहेको छ । यो बिचमा लोक सेवा आयोग पनि नखुलेको र मन्त्रालय बाट कर्मचारी शरुवा पनि नभएकाले काम गर्न गाह्रो भएको कार्कीले बताउनु भयो । त्यसै गरी ४ जना खरिदारको दर्वन्धी रहेकोमा ३ जना मात्रै खरीदार कर्मचारी रहेका छन् । १ जना नासुले मात्रै फाँटको काम गर्दा ढिला हुने भएकाले ६ जना कार्यालय सहयोगीलाई नासुको काम गराएर कार्यालय सञ्चालन गरीरहेको कार्कीले बताउनु भयो ।


कोरोना महामारीका कारण विचमा ५÷६ महिना सम्म रोकीएको काम एकै पटकक कार्यालय मा आउँदा कार्यालयमा सेवाग्राहीको भिड बढेको छ । संघिय सरकार मातहत रहेको मालपोत कार्यालयमा खाली रहेको दरवन्दी उल्लेख गरेर भुमी व्यवस्था तथा सहकारी मन्त्रालयमा कर्मचारी व्यवस्थापन गरीदिन पटक पटक अनुरोध गरेपनि कर्मचारी व्यवस्थापन हुन नसकेको कार्यालय प्रमुख कार्कीले बताउनु भयो ।
प्रयाप्त मात्रामा कर्मचारी नहुदाँका कार्यालयमा आउने सेवा ग्रहाहीको नजरमा मालपोत कार्यालयमा काम ढिला हुन्छ भन्ने समेत पर्न गएको कार्कीले गुनासो गर्नु भयो । कार्यालयमा ६ जना कार्यालय सहयोगी छन् तिनै कर्यालय सहयोगी बाट नै कार्यालय सञ्चालन गर्नु परेको छ । कार्यालय सहयोगी बाटै भए पनि सकेजति सहज र छिटो सेवा प्रावाह गरिरहेका छौं कार्कीले भन्नु भयो ।

You can share this post!

म्याग्दीमा सडक निमार्णको नाममा क्रसर सञ्चालन गरी वालुवा तस्करः तस्करी परे फन्दामा

बैवाहिक जिवन ३५ औं बर्ष पुगेको अवसरमा वालगृहका वालवालिकालाइ सहयोग

Related posts