म्याग्दी । म्याग्दीको बेनी नगरपालिका वडा नम्वर ५÷६ स्थित चुत्रेनी बगुवाखोलाको द मुनसन युवा क्लबको छैटौं साधारण सभाले बे न पा ६ कोठेसाङ्घुका युवा दिनेश बानियाँको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
चुत्रेनीको खेलमैदानमा भएको साधारण सभामा सुजन बानियाँ, सनम बानियाँ (तिलक) तथा अप्सरा मिजार क्रमशः उपाध्यक्ष, सचिब र कोषाध्यक्षका रुपमा सर्ब सम्मत चयन भएका छन ।
कार्यसमितिमा चुत्रेनी, कोठेसाङ्घु, कोप्रे, बगुवाखोला सबै क्षेत्रका युवाहरुलाई लाई समेटिएको निबर्तमान अध्यक्ष प्रकाश बानियाँले जानकारी गराउनु भयो । त्यसै गरि नवनिर्वाचित निर्वाचित अध्यक्ष दिनेश बानियाँले नयाँ समिती नव युवाहरुले भरिपुर्ण रहेकाले विभिन्न रचनात्मक कामहरु गरेर क्लबलाई बाहिर पनि चिनाउने गरि काम गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो ।
जिल्ला फुटबलको उर्बर भुमिका रुपमा चिनेन द मुनसन युवा क्लबले जिल्ला तथा प्रदेश स्तरका प्रतिभाशाली फुटबल खेलाडीहरु उत्पादन गर्दै आएको छ । साथै स्थानीय सामाजिक कामहरुमा पनि युवा क्लब उति नै सक्रिय छ ।