गण्डकी प्रदेश स्तरीय कराँतेमा म्याग्दीलाई २ स्वर्ण, ६ खेलाडी छनौट

म्याग्दी । पोखरामा सम्पन्न भएको गण्डकी प्रदेश स्तरीय छनौट प्रतियोगितामा कराँते विधातर्फ म्याग्दीका ६ जना खेलाडी आसन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि छनौट भएका छन । कराँतेको कुमुतेमा प्रज्वल शेरचन, सुमन बानियाँ, मार्शल गर्वुजा, समिति शर्मा र मौसम किसानले स्वर्ण पदक जितेका छन ।

त्यस्तै ६१ केजी समुहको महिला तर्फ प्रीति थापाले स्वर्ण पदक जित्नुभएको छ । कुमुतेमा सहभागी खेलाडी र थापाले स्वर्ण पदक जित्दै राष्ट्रिय खेलका लागि गण्डकी प्रदेशबाट छनौट भएको प्रशिक्षक विरेन्द्र श्रेष्ठले बताउनुभयो । ५ जना खेलाडी सहभागी हुने कुमुतेमा म्याग्दीले फाइनल खेलमा बाग्लुङलाई पराजित गरेको थियो ।

एउटै खेलबाट पाँच जना खेलाडी छनौट भएका छन, यो जिल्लाको लागि गौरवको बिषय हो,अव प्रदेशबाट राष्ट्रिय पदक जित्नका लागि थप तयारी हुन्छ, प्रशिक्षक श्रेष्ठले भन्नुभयो ।

छनौट प्रतियोगितामा म्याग्दीबाट सहभागी भएका मार्शल गर्वुजाले ५० केजी पुरुषतर्फ रजत पदक जित्नुभएको छ भने टिम काता पुरुष र महिला ६७ केजी पुरुषतर्फ प्रज्वल शेरचनले कास्य पदक जित्नुभएको प्रशिक्षक श्रेष्ठले जानकारी दिनुभयो ।

म्याग्दीबाट प्रदेश स्तरीय विभिन्न खेलका लागि करिव २ सय खेलाडी छनौट भएका थिए । पोखरामा असोज २८ गतेदेखि कार्तिक ३ गते सम्म संचालन हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुनका लागि पोखरामा विभिन्न छनौटका खेलहरु संचालन भईरहेका छन ।

You can share this post!

गृह मन्त्रालय नेविसंघले त्रिविमा लगाएको ताला हेरेरमात्र बसेको छः पदम गिरी

प्रदेश स्तरीय छनौट प्रतियोगितामा म्याग्दी भलिबल टिम फाइनल प्रवेश

Related posts