मः म को माग ग्रामीण क्षेत्रबाट बढी आउन थाल्यो

म्याग्दी सदरमुकाम स्थित मंगलघाट बजारमा सञ्चालनमा रहेको म्याग्दी फ्रोजन हाउस कम्पनीलाइ मःम को ग्रामीण क्षेत्रबाट बढी माग आउन थालेको छ । कम्पनीमा मःम उत्पादन गरेर प्याकेटमा प्याकिङ्ग गरेर बेच्न थालेपछि गाउँ गाउँ बाट मःमको दैनिक ७/८ सय प्लेट माग आउन थालेको सञ्चालक दुर्गा बुढा मगरले बताउनु भयो । लक्डाउन हुन भन्दा १० दिन अगाडी सञ्चालन गरेको कम्पनीमा पछील्लो समय ग्रामिण बस्तीहरु पाखापानी, झिं, पात्लीखेत, तोरीपानी, अर्थुङ्गे, तातोपानि, रुम, दर्वाङ्ग, ताकम, मुना बाट गरी दैनिक ७/८ सय प्लेट मःम को माग आउन थालेको सञ्चालक बुढा मगरले बताउनु भयो ।


आइस बक्स भित्र मःम लाई राखेर ग्रामीण बस्तीमा मःम पु¥याउने गरीन्छ । मःम उत्पादन गर्दा अजीनामोटो र धेरै मात्रामा चिल्लो पदार्थको प्रयोग नगर्ने भएकाले पनी मःमले बजार लिएको हो । बजार क्षेत्रमा मःम होम डेलिभरी गरीदै आएको सञ्चालक मगर बताउनु हुन्छ । ग्रामीण भेगका ग्रहाकहरु अहिले सम्म कम्पनीमा नै आएर लैजाने गर्नु भएको छ धेरै मात्रामा माग आएमा कम्पनीले गाउँमा नै पुगेर सुविधा दिने मगरले बताउनु हुन्छ । कम्पनीमा अहिले चिकेन र बफ मःमको माग बढी आउने भएकाले चिकेन र बफ मःम बढी उत्पादन गर्ने गरेको र माग आएमा भेज र मटन मःम पनी उत्पादन गर्ने मगरले बताउनु भयो ।


दैनिक १५ सय प्लेट मःम बेच्ने लक्ष्य राखेको कम्पनीलाई कोरोनाका कारण उद्देश्य अनुसार मःम बेच्न नसकेपनि ३ जना कर्मचारीको तलव तथा अन्य खर्च ब्यवस्थापनमा सहित केही रकम बचत मःम बेचेर नै हुने गरेको सञ्चालक बुढाले बताउनु भयो ।
४५ लाख लागत स्टमेट गरी मःम सँगै चाउमीन, आलु चिप्स्, ससेज, लोक्कल खसी र राँगाको सुकुटी उत्पादन गर्ने गरी सुरु गरीएको कम्पनीमा हाल २० लाख लगानी गरेर मःम र सुकुटी उत्पादन गर्दै आएको र कोरोना संक्रमणको जोखिम कम भए लगत्तै लगानी थप गरी अन्य उत्पादन पनि गरीने कम्पनीले जनाएको छ । कम्पनीको मःम बजारमा चिकेन लाई ८५ बफ ८० र सुकुटी लाई २३०० सयमा पसलमा किन्न पाइन्छ भने कम्पनीमा नै पुगेपछि अझै सस्तो पर्ने सञ्चालक बुढाले बताउनु भयो ।

You can share this post!

युवा संघ र अनेरास्ववियू बाग्लुङ्गद्धारा पहिरोबाट ज्यान गुमाउने पीडित परिवारलाई राहत हस्तान्तरण

अवरुद्ध बेनी बागलुङ र बेनी दरवाङ सडक सञ्चालनमा

Related posts