नेकपा एमाले मंगला गाउँपालिका ४ को अध्यक्षमा अर्जुन रोका चयन

म्याग्दी । नेकपा एमाले म्याग्दी मंगला गाउँपालिका वडा नं ४ बरंजाको अध्यक्षमा अर्जुन रोका चयन हुनुभएको छ ।

आइतबार सम्पन्न प्रथम अधिवेशनबाट रोका सर्वसम्मत रुपमा अध्यक्षमा चयन हुनुभएको हो । २७ सदस्यीय वडा कमिटिको उपाध्यक्षमा लक्ष्मी बुढाथोकी रोका, सचिवमा गणेश घर्ति, उपसचिवमा प्रेम बहादुर पुन र दिलमाया बिश्वकर्मा चयन हुनुभएको त्यहाँबाट पत्रकार केपी सापकोटाले जानकारी दिनुभएको छ ।

सदस्यहरुमा दल प्रसाद पुन, भिम बहादुर कार्की, मनिराम बिक, बिर बहादुर चोचाङ्गे, अम बहादुर थापा, तिलक चोचाङ्गे, भेष कुमारी बिक, गौरी बिक, चन्द्रकली बिक, शेरु रोका लगाएत रहनुभएको छ ।

You can share this post!

म्याग्दीको हितमा मोनाको अभियान अघि बढ्छः अध्यक्ष छन्त्याल

एमाले म्याग्दीको वडा अधिवेशन जारीः रघुगंगा –४ को अध्यक्षमा थजाली

Related posts