बेनीमा केन्पो काई संघको तदर्थ समिति गठन

म्याग्दी । बेनीमा नेपाल केन्पो काई संघको तदर्थ समिति गठन गरिएको छ । सोमवार जिल्ला खेलकुद विकास समितिको कार्यालयमा आयोजित भेलाले नविन पौडेलको अध्यक्षतामा संघको तदर्थ समिति गठन गरिएको हो ।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश के.सी.को अध्यक्षतामा भएको भेलाबाट गठित समितिको उपाध्यक्ष गोकुल वि.क., सचिवमा गोकुल विश्वकर्मा, कोषाध्यक्षमा सुप्रेणा किसान रहनुभएको छ ।

त्यस्तै सदस्यहरुमा कृष्णप्रसाद पौडेल, अस्मिता भण्डारी, सुस्मिता बानियाँ, सन्तोष वि.क. र रिजन खत्री रहेका छन् । भेलाले खेलकुद विकास समितिका अध्यक्ष दिनेश के.सी. र सन्दिप खत्रीलाई सल्लाहकारको रुपमा चयन गरेको सचिव गोकुल विश्वकर्माले जानकारी दिनुभयो ।

नेपाल केन्पो काइ संघ नेपालका का.वा. अध्यक्ष हरि खड्काको विशेष उपस्थितीमा उक्त समितिको गठन गरिएको थियो । म्याग्दी जिल्लामा पनि नेपाल केन्पो काई संघ अन्तर्गतका मार्सल आर्ट खेल खेल्ने खेलाडी भएपनि खेलको व्यवस्थापन तथा प्रबद्र्धनका लागि समितिको आवश्यकता महसुस गरी समिति गठन गरिएको जिलला खेलकुद विकास समितिका अध्यक्ष केसीले बताउनुभयो । म्याग्दी जिल्लाको पालिका स्तरमा समेत तत्कालै समिति गठन गरिने संघले जनाएको छ ।

You can share this post!

मगर संघ म्याग्दीद्धारा अधिवक्ता भगवती पाण्डेलाई कारबाहीको माग

बैसरीको पहिरोले बेनी–जोमसोम सडक अवरुद्धः यात्रुहरु सडकमै अलपत्र

Related posts