कार्यसम्पादन मूल्याङ्कनमा बेनी नगरपालिका जिल्लामा पहिलो

बेनी, १० फागुन । आर्थिक वर्ष २०७९÷०८० को कार्यसम्पादन मूल्यांकनमा म्याग्दीको बेनी नगरपालिका जिल्लामै पहिलो भएको छ ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले बुधबार सार्वजनिक गरेको प्रारम्भिक नतिजा अनुसार बेनी नगरपालिकाले ३५.२७ अंक प्राप्त गरि जिल्लाका ६ वटा स्थानीय तह मध्य पहिलो बनेको हो । मंगला गाउँपालिकाले ३४.८२, अन्नपूर्ण गाउँपालिकाले २७.६०, धवलागिरी गाउँपालिकाले २७.१८ र रघुगंगा गाउँपालिकाले २०.६० र मालिकाले १८.८४ अंक प्राप्त गरेका छन् ।

आयोगले प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मूल्यांकन कार्यविधि २०७८ अनुसार विभिन्न १७ सूचकको आधारमा मूल्यांकन गरेको छ ।
जसमा असार १० भित्र बजेट पेश गरे÷नगरेको, असार मसान्त भित्र बजेट पारित गरे÷नगरेको, आय व्ययको प्रक्षेपण पुस मसान्तभित्र अर्थ मन्त्रालयमा पेश गरे÷नगरेको, बजेटको वर्षिक समिक्षा गरी कार्तिक मसान्तभित्र सार्वजनिक गरे÷नगरेको, विनियोजित रकम अनुसार खर्चको व्यवस्था, बेरुजुको अवस्था स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र)को प्रयोग गरे÷नगरेको जस्ता सूचकहरुका आधार मुल्यांकन गरिएको छ ।

त्यस्तै, आवधिक योजना तर्जुमा गरे÷नगरेको, कक्षा १ देखि ८ सम्म खुद विद्यार्थी भर्ना दर, कक्षा–८ को तुलनामा कक्षा–९ मा विद्यार्थी टिकाउ दर, सामुदायिक विद्यालयबाट कक्षा १० मा १.६ भन्दा वा सो भन्दा उच्च जीपीए प्राप्त गरेका विद्यार्थी प्रतिशत, ४ पटक गर्भजाँच गरेका महिलाको अनुपात, कुल गर्भवतीमध्ये स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाको अनुपात, पूर्ण खोप पाएका बालबालिकाको अनुपात लगायतका सूचकहरु रहेका छन् ।

You can share this post!

पञ्चकोटमा ब्रह्माण्डीय महायज्ञ सुरु

भीम माविको नवनिर्मित भवन उद्घाटन

Related posts