एमाले मंगला –३ को अध्यक्षमा कुल बहादुर थापाः मंगलाको सवै वडामा अधिवेशन सकियो

म्याग्दी । नेकपा एमाले म्याग्दी मंगला गाउँपालिका वडा नं ३ बरंजाको अध्यक्षमा कुल बहादुर थापा चयन हुनुभएको छ ।

आइतबार बरंजामा सम्पन्न प्रथम अधिवेशनबाट थापा सर्वसम्मत रुपमा अध्यक्षमा चयन हुनुभएको हो । ३१ सदस्यीय वडा कमिटिको उपाध्यक्षमा तेजीमाया बिश्वकर्मा, सचिवमा हरिच श्रीपाली, उपसचिवमा बिर बहादुर घर्ति र भिम बहादुर रोका (वाखु) चयन हुनुभएको त्यहाँबाट पत्रकार केपी सापकोटाले जानकारी दिनुभएको छ ।

सदस्यहरुमा मन कुमारी बिक, लक्ष्मी बुढाथोकी, लिला बिश्वकर्मा, अनिता रोका, कमला छन्त्याल, हरिकला रोका, गौमति रोका, रञ्जु रोका, रुपा बुढाथोकी लगाएत रहनुभएको छ ।

कार्यक्रममा नेकपा एमाले गण्डकी प्रदेश कमिटि सदस्य एबँ प्रदेश सभा सदस्य नरदेवी पुन, जिल्ला सचिवालय सदस्य शंकर शेरचन,पालिका कमिटि सचिव एबँ मंगला गाउँपालिका अध्यक्ष सत प्रसाद रोका, उपाध्यक्ष सृजना केसी लगाएतका नेताहरुको बिशेष उपस्थिति रहेको थियो ।

उहाँहरुले नव निर्बाचिक वडा कमिटिलाई बधाई दिदै बरंजामा एमालेको गरिमा र साखलाई जोगाइराख्नका लागि जनभावनाका कार्यहरु गर्न सुझाव दिनुभयो । यो सगै मंगला गाउँपालिकाका ५ वटै वडामा वडा अधिवेशन सफलताका साथ सम्पन्न भएको पालिका कमिटि सचिव रोकाले बताउनुभयो ।

You can share this post!

नेकपा एमाले म्याग्दीको वडा अधिवेशन अपडेटः मालिकाका सबै वडामा सकियो

११ जना अफगान नागरिक सिनामंगलबाट नियन्त्रणमा

Related posts