म्याग्दी । काठामाडौँको मनमैजुमा संचालित एन्जल हार्ट एजुकेशन फाउन्डेसनले साविक धवलागिरीको तीन जिल्ला म्याग्दी, बाग्लुङ र पर्वतमा छात्रवृत्ति विशेष कार्यक्रम संचालन गरेको छ ।
एसईई दिएर नजिताको पर्खाईमा रहेका विद्यार्थीहरुलाई लक्षित गरि विद्यालयले छात्रवृत्ति विशेष तथा उच्चशिक्षा अध्ययनका लागि विषय छनौट अभिमुखिकरण कार्यक्रम संचालन गरिएको हो ।
विगत १२ बर्षदेखि विद्यालयले धवलागिरीका विद्यार्थीहरुलाई लक्षित गरि छात्रवृत्ति विशेष कार्यक्रम संचालन गर्दै आएको विद्यालयका भाईस प्रीन्सिपल दिल बहादुर बुढाथोकीले बताउनुभयो ।
छात्रवृत्तिका लागि छनौट गर्न लिईएको प्रवेश परिक्षामा बाग्लुङमा जेठ १७ गते, म्याग्दीमा १९ गते र पर्वतमा २० गते संचालन गरिएको उहाँले बताउनुभयो । कार्यक्रममा बाग्लुङ बजारमा २५०, बुर्तिवाङमा ७०, म्याग्दीमा ७० र पर्वतमा १०० जना विद्यार्थीहरु सहभागी भएका थिए ।
एसईईको नजिता सार्वजनिक भए लगत्तै छात्रवृत्तिको नतिजा पनि सार्वजनिक गरिने उहाँले बताउनुभयो । गरिव, जेहेन्दार र ट्यालेन्ट विद्यार्थीले छात्रवृत्ति प्राप्त गर्नेछन ।
एन्जल हार्टले वर्षेनी १० देखि १२ जना विद्यार्थीहरुलाई छात्रावास सहित पूर्ण छात्रवृत्ति प्रदान गर्दै आईरहेको छ । कक्षा ११ मा साधारणतर्फका सवै विषयका पढाई संचालन हुने विद्यालय उच्च शिक्षा अध्ययनका लागि विशेष गरि म्याग्दी, बाग्लुङ र पर्वतका विद्यार्थीहरुको रोजाईमा पर्ने गर्दछ ।
मानविकी तथा व्यवस्थापन शंकायमा स्नातक तह सम्मको अध्यापन हुने एन्जल हार्ट एजुकेशन फाउन्डेसनमा व्याचलर लेवलका थप विषयहरु संचालन गर्ने तयारी भएको भाइस प्रीन्सिपल बुढाथोकीले बताउनुभयो ।
विद्यार्थीको रुचि अनुसारको अतिरिक्त क्रियाकलापहरुको व्यवस्था भएको, दक्ष तथा अनुभवि शिक्षकहरु भएको, सुविधा सम्पन्न होस्टेलको व्यवस्था भएको, प्रयाप्त खेलकुद मैदान र भौतिक संरचनाहरु भएकाले विद्यार्थीहरुलाई गुणस्तरी शिक्षा प्रदान गर्ने सर्वोत्तम शैक्षिक संस्था भएको वुढाथोकीले बताउनुभयो ।
छात्रवृत्ति अभियान कार्यक्रममा भाइस प्रीन्सिपल बुढाथोकी, वोर्ड डाईरेक्टर राम बहादुर जुग्जाली, केमेस्ट्रीका हेड अफ डिपार्टमेन्ट शिक्षक दिपक आचार्य लगायत सहभागी हुनुहुन्थ्यो ।