बेनी नगरपालिका–२ की क्यान्सर पीडित ३२ बर्षिया मिना बिकको उपचारमा आर्थिक अभाव भएको छ । भकिम्ली छेपारे जन्मघर भएकी बिक बिगत २ वर्षदेखि घाँटीको क्यान्सरबाट ग्रसित हुनुभएको छ । उपचारमा आर्थिक अभाव भएपछि पीडितका परिवारले सहयोगको याचनाा गरेका छन् ।
हाल वि.पी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा उपचार भईरहेको विकलाई थप उपचारका लागि धेरै पैसा आवश्यक पर्ने चिकित्सकले बताएपछि परिवारले मिडियाको माध्यमबाट सहयोगको अपिल गरेका हुन ।
बिकको उपचारमा हालसम्ममा करिब ३० लाख खर्च भईसकेको र थप उपचारको लागि अझै ठुलो रकमको आवश्यकता रहेको दाजु बिनोद विश्वकर्माले बताउनुभयो । ‘आर्थिक अभावले थप उपचारमा समस्या भएको छ,‘घरको अवस्था नाजुक छ,‘सबै सम्पत्ती बेच्दा पनि उपचारका लागी एक छेउ हुदैन’ उहाँले भन्नुभयो ।
स्वदेश तथा विदेशमा रहेका आफन्त, म्याग्देलीलाई उपचार अभियानमा साथ दिन अनुरोध गरेको विश्वकर्माले बताउनुभयो ।
दुई बर्ष सम्म उपचार गराउँदा भएको पैसा सवै सकिए पनि रोग झनझन जटिल बन्दै गएकाले अव थप उपचारका लागि आर्थिक सहयोग संकलन गर्नुपर्ने अबस्था आएको बिरामीकी बहिनी अमृता श्रीपालले बताउनुभयो । क्यान्सर पीडित मिनाको दुई छोरा छन ।