म्याग्दीको रघुगंगा गाउँपालिकामा जनप्रतिनीधी र ठेकेदारको मिलोमतोमा कालिगण्डकी नदीको दोहन गरीएको पाइएको छ । रघुगंगा गाउँपालिकाका जनप्रतिनिधी र ठेकेदारको मिलोमतोमा नेपाल सरकारले नदीजन्य पदार्थको अबैध दोहन नियन्त्रण गर्नका लागि जारी गरेको ढुङ्गा, गिटी, वालुवा उत्खनन्, बित्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड, २०७७ को धज्जी उडाइ नितीगत रुपमा नै नदी जन्य पदार्थको दोहन भएको हो ।
गाउँपालिकाका जनप्रतीनिधीहरुले गत बैशाख ६ गतेको कार्यापालिकाको बैठकमा नदीजन्य पदार्थ उत्खनन् गर्न डोजर, स्काभेटरको प्रयोग गर्न पाईने नितीगत निर्णय गरेपछी रघुगंगा गाउँपालिका १ बेगखोलामा र २ बैसरीको स्याउली बजारमा कालिगण्डकी नदीको दोहन शुरु भएको हो । पालिकाले गत बैशाख २४ गते उक्त ठेकेदार कम्पनी सँग ६ गतेको सोही कार्यापालीको निर्णय अनुसार काली गण्डकी नदी माथि रहेको ढुङ्गा, गिटी, बालुवा उत्खनन् गर्न डोजर तथा स्काभेटर प्रयोग गर्न मिल्ने भनी सम्झौता पत्र निमार्ण गरी सम्झौता गरेको प्रमुख प्रसाशकीय अधिकृत अमृत सुबेदीले बताउनु भयो ।
के छ नेपाल सरकारको मापडण्ड
नेपाल सरकारको ढुङ्गा, गिटी, वालुवा उत्खनन्, बित्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड, २०७७ को अनुसार नदीजन्य पदार्थको उत्खनन् गर्दा सामान्यतया श्रमुलक प्रविधिको प्रयोग गर्नुपर्नेछ। तर मेशिनको प्रयोग गर्नुपर्ने भएमा वातावरणीय अध्ययन प्रतिवेदनमा उल्लिखित शर्त र सीमा भित्र रही गर्नुपर्नेछ, साथै विपद् जोखिम संवेदनशिल क्षेत्रमा मेशिनको प्रयोग गर्नुपर्ने भएमा जिल्ला विपद् व्यवस्थापन समितीको अनुमती लिनुपर्ने रहेको छ ।
रघुगंगाको कार्यपालिकाले गरेका उक्त निर्णय र पालिकाले गरेको सम्झौता पत्र देखाउँदै ठेकेदार कम्पनी उत्तरगंगा निर्माण सेवाले बेगखोलामा र मुक्तिनाथ हाईवय कन्ट्रक्सन्ले बैसरीको स्याउली बजारमा रहेको कालिगण्डकी नदी माथि डोजर तथा स्काभेटर लगाएर नदीको दोहन शुरु गरेका हुन् ।
नेपाल सरकारले निर्माण गरेको ढुङ्गा, गिटी, वालुवा उत्खनन्, बित्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड, २०७७ को विरुद्धमा गाउँपालिकाले निर्णय गरी नदीको दोहन हुदाँ सम्म सम्बन्धीत निकायका साथै सुरक्षा निकाय भने बेखबर रहेको छ ।
प्रमुख जिल्ला अधिकारी गणेश बहादुर अधिकारीले आफु जिल्ला विपद् व्यवस्थापन समितीको प्रमुख रहेको र गाउँपालिकाले भने उक्त नितीका बारेमा आफुलाइ जानाकारी नगराएको बताउनु भयो । गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले भने आफुहरुले सबै कार्यपालिका सदस्य सँग सल्लाह गरी उक्त स्थानमा नदी उत्खनन् गर्दा कुनै रुख विरुवा लाइ असर नगर्ने भएपछी उक्त निर्णय गरेको बताउनुभयो ।