म्याग्दी । म्याग्दीको प्रदेशसभा निर्वाचन क्षेत्र ख मा नेकपा एमालेका उम्मेदवार याम गर्वुजाले अग्रता लिनुभएको छ । मंगला गाउँपालिका वडा नम्वर २ को मतगणना सकिदा सम्म गर्वुजाले ६७ मतले अग्रता लिनुभएको हो ।
धवलागिरी, मालिका र मंगलाको वडा नम्वर १ र २ को मत गणना गर्दा एमालेका गर्वुजालाई ७६३३ र नेकपा माओवादीका रेशम जुग्जाली सुविनलाई ७५६६ मत प्राप्त भएको मुख्य निर्वाचन कार्यालयले जनाएको छ ।
गर्वुजाले जुग्जालीलाई ६७ मतले पछाडी पार्नुभएको छ । धवलागिरी गाउँपालिकामा गर्वुजाले २६९२ र जुग्जालीले २४८२ मत प्राप्त गर्नुभएको थियो । २१० मतले गर्वुजाले अग्रता लिनुभएको थियो ।
त्यस्तै मालिकामा जुग्जालीले ३७१५ र गर्वुजाले ३०६२ मत प्राप्त गर्नुभएको थियो । मालिकामा जुग्जालीले ६५३ मतले अग्रता लिनुभएको थियो ।
मंगलाको वडा नम्वर १ कुँहुमा गर्वुजालाई १०३९ र जुग्जालीलाई ६१२ मत प्राप्त भएको थियो । यहाँ ४२७ मतले गर्वुजाले अग्रता लिनुभएको छ । त्यस्तै मंगला २ मा गर्वुजाले ८४० र जुग्जालीले ७५७ मत प्राप्त गर्नुभएको छ ।
अहिले मंगला ३ बरंजाको मतगणना सुरु भएको छ भने मंगला ४ बरंजा र ५ अर्मनको मत गन्न बाँकी रहेको छ । दुवैजनाको निकै कडा प्रतिस्पर्धा देखिएको छ ।