म्याग्दी प्रदेश (ख) मा माओवादीका उम्मेदवार जुग्जालीको अग्रता,निर्णायक बन्दै मंगला

म्याग्दी । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन २०७९ अन्तर्गत म्याग्दीको प्रतिनिधिसभा र प्रदेशसभा ख को मतगणना जारी रहेको छ ।
प्रदेशसभा अन्तर्गत धवलागिरी र मालिका गाउँपालिकाको मतगणना सकिएको छ । दुईपालिकाको मतपरिणाम अनुसार गठवन्धनबाट नेकपा माओवादीका उम्मेदवार रेशम जुग्जालीको अग्रता रहेको छ ।

दुईपालिकाको मतगणना सम्पन्न हुँदा नेकपा माओवादीका रेशम जुग्जाली सुविनको ६१९७ र नेकपा एमालेका याम गर्वुजाको ५७५४ मत रहेको छ । ४४३ मतान्तरले जुग्जालीले अग्रता लिनुभएको सहायक निर्वाचन अधिकृत तेज प्रसाद पौडेलले जानकारी दिनुभयो ।
प्रदेश निर्वाचन क्षेत्र (ख) मा अव ५ वटा वडा रहेको मंगला गाउँपालिकाको मतगणना सुरु भएको छ ।

त्यस्तै प्रतिनिधिसभा अन्तर्गत मालिका गाउँपालिका ५ देविस्थानमा १०४ वटा मतमा निर्वाचन अधिकृतको हस्ताक्षर नभएको पाईएपछि स्थगित भएको मतदान सर्वदलिय छलफल गरि सहमति जुटाएर पुन सूचारु गरिएको मुख्य निर्वाचनको कार्यालयले जनाएको छ । प्रतिनिधिसभातर्फ पनि गठवन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार खम्विर गर्वुजाले अग्रता लिनुभएको छ ।

You can share this post!

एमालेलाई चेक एन्ड ब्यालेन्स गर्ने तेस्रो शक्ति खोजे

म्याग्दी प्रदेशसभा (ख) मा मंगला २ सम्मको मत परिणाममा एमालेका गर्वुजाको अग्रता

Related posts