धुले पर्वको अवसरमा प्रथम वरंजा कप आयोजना हुने

म्याग्दी । बरंजेलीहरुको परम्परागत धुले पर्वको अवसरमा प्रथम बरंजा कप संचालन हुने भएको छ । प्रथम बरंजा कप तथा सांस्कृतिक कार्यक्रम व्यवस्थापन समितिको आयोजना र गतिशिल युवा क्लव मंगला ३ को आर्भाङको सहआयोजनामा यहि जेठ २५ गतेदेखि प्रथम बरंजा कप खेलकुद प्रतियोगिता सुरु हुन लागेको हो ।

मेलामा पुरुष भलिबल, महिला भलिबल, सो डान्स र सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिने छ । पुरुष भलिबल पालिकाको वडा स्तरीय र महिला भलिबल खुल्ला खेलाईने मेला व्यवस्थापन समितिका संयोजक सुमन थापाले बताउनुभयो । पुरुष भलिबलमा प्रथम ६० हजार, दोस्रो ३० हजार, महिला भलिबलमा प्रथम २० हजार, दोस्रो १० हजार नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरिनेछ ।

त्यस्तै सो डान्सको प्रथम पुरस्कार १० हजार, द्वित्तिय ७ हजार र तृतिय ४ हजार नगद पुरस्कारको व्यवस्था गरिएको छ । साथै महिला पुरुष लठो र घैँटोफोर प्रतियोगितामा पनि संचालन हुनेछ ।

जेठ २५ गते मेलाको उद्घाटन सहित भलिबल खेल सुरु हुने छ । मेलाको तयारीलाई तिव्र रुपमा अगाडि बढाईएको मेला व्यवस्थापन समितिका भिम रोकाले जानकारी दिनुभयो ।

परम्परागत धुले पर्वको अवसरमा धुले मेला संरक्षण समितिले यस बर्ष विविध कारणवश खेलकुद तथा सांस्कृतिक कार्यक्रम संचालन नगरेपछि गतिशिल युवा क्लव संग सहकार्य गरि प्रथम बरंजा कप तथा सांस्कृतिक मेला व्यवस्थापन समिति गठन गरि मेला संचालन गर्न लागिएको रोकाले बताउनुभयो ।

कार्यक्रम गतिशिल युवा क्लवको खेलकुद मैदानमा संचालन हुनेछ । मेलामा आयोजना गरिएको भलिबल सहित अन्य प्रतियोगिताहरुमा सहभागीता जनाउन र मेला अवलोकनका लागि उपस्थित भैदिन पनि समितिले अनुरोध गरेको छ ।

साथै देश विदेशमा रहेका बरंजा बासी तथा अन्य सहयोगी महानुभावहरुलाई कार्यक्रममा आर्थिक भौतिक तथा नैतिक रुपमा सहयोग गरिदिन पनि समितिले अनुरोध गरेको छ ।

 

You can share this post!

अन्नपूर्ण गाउँपालिकालाई बालमैत्री पालिका घोषणाको तयारी सुरु

रघुगंगामा विद्यालय कर्मचारीको सेवासुविधा बृद्धि गर्न माग

Related posts