डेंगुबाट हालसम्म ३८ को मृत्यु, २८ हजार १०९ संक्रमित

डेंगु संक्रमणबाट एकैदिन दुई जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार डेंगु संक्रमणबाट पछिल्लो २४ घण्टामा दुई जनाको मृत्यु भएको हो ।

योसँगै डेंगुबाट हालसम्म मृत्यु हुनेको संख्या ३८ पुगेको छ भने २८ हजार १०९ जनामा डेंगु संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  हाल देशभरका ७७ वटै जिल्लामा संक्रमण फेला परिरहेको छ ।

स्वास्थ्य मन्त्रालयले डेंगुबाट बच्न फोहर जम्मा भएको ठाउँ सफा गर्न र पूरा बाहुला भएको कपडा लगाउन अनुरोध गरेको छ । डेंगुको जोखिम बढिरहेकाले सचेत र सुरक्षित रहन आग्रह समेत गरिएको छ ।

You can share this post!

बेनीमा सुआहारा दोस्रो कार्यक्रमको समीक्षा

दरुङमा दसैं मेला सम्पन्नः वडा स्तरीय खेलाडी छनौट

Related posts