महिला भलिबलः बागमती प्रदेशले तेस्रो स्थान हासिल ग¥यो

म्याग्दी । नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत महिला भलिबल प्रतियोगितामा बागमती प्रदेशले तेस्रो स्थान प्राप्त गरेको छ । बुधबार विहान तेस्रो स्थानका लागि गण्डकी प्रदेश संग भएको खेलमा बागमतीले १ का विरुद्ध तीन सेट हात पार्दै विजयी भएको हो ।

खेलको पहिलो सेटमा २० का विरुद्ध २५ अंक प्राप्त गर्दै गण्डकी प्रदेश विजयी भएको थियो । दोस्रो तेस्रो र चौथो सेटमा क्रमश १२–२५, २१–२५ र १७–२५ अंकका साथ बागमतीले जित हासिल गरेको थियो । सेमिफाइनल खेलमा बागमति एपिएफ संग र गण्डकी प्रदेश नेपाल पुलिस क्लव संग पराजित भएका थिए ।

घरेलु मैदानमा खेलेको गण्डकीले दर्शकको राम्रो साथ पाउँदा पनि दोस्रो सेटदेखि खेल कमजोर बनाउदै गएको थियो । राष्ट्रिय भलिबलका कप्तान समेत रहनुभएकी अरुणा शाहीको कप्तानीमा मैदानमा उत्रिएको गण्डकी डिफेन्समा निकैनै कमजोर देखिएको थियो । उता राष्ट्रिय टिमकै खेलाडी प्रतिभा माली सम्मिलित बागमतीले भने खेललाई रफ्तारमा अगाडी बढाएको थियो ।

राष्ट्रिय महिला भलिबलको फाइनल खेल शसस्त्र प्रहरी बल एपिएफ र नेपाल पुलिस क्लव विच बेनीको खुल्ला मञ्चमा केहि बेरमा संचालन हुने जिल्ला खेलकुद विकास समितिले जनाएको छ । दुवै टिममा नेपालबाट अन्तराष्ट्रिय स्तरको खेल खेल्ने खेलाडी समावेश भएकाले पनि फाइनल खेल निकै रोचक हुने बताईएको छ ।

You can share this post!

नवौँ राष्ट्रिय खेलकुदः तेक्वान्दोमा पुलिस विजयी

नवौँ राष्ट्रिय खेलकुदः एपिएफ बन्यो महिला भलिबलको च्याम्पियन

Related posts