म्याग्दी । म्याग्दीका लोकप्रीय लोक तथा दोहोरी गायक ध्रुव जिसी र चर्चित गायीका अन्जु पन्तको आवाजमा मायालु गुन्यु चोलीमा गीत सार्वजनिक भएको छ ।
चर्चित गायक तथा सर्जक प्रकाश दुतराजको शव्द तथा गायक जिसीको लय सृजनामा रहेको उक्त गीतको म्युजिक भिडियो प्रकाश दुतराजको आफ्नै युटुव च्यानलबाट सार्वजनिक भएको हो ।
‘म कुरा खोल्दिन, रिसाछु बोल्दिन, मायालु, मै राम्री भाछैन र गुन्यु चोलीमा, खै नजर लाएनौ गुन्यु चोलीमा’ छेउ आउछु तर्किन्छ्यौ, बोलाउछु झर्किन्छ्यौ मायालु, गीतका टुक्काहरुले टिकटकमा पनि चर्चा बटुलिरहेको छ ।
निक्स शर्मा, रोश्नी कार्की, दिप सागर, जुना सुन्दासको अभिनयमा रहेको म्युजिक भिडियोको निर्देशन मौसम हिमालीले गर्नुभएको हो । भिडियोमा गायक जिसी र त्रिसला तामाङको पनि अभिनय रहेको छ ।
नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको अवसर पारेर मै राम्रो भाछैन र दौरा सुरुवालमा बोलको गीत बजारमा ल्याएको गायक जिसीले बताउनुभयो ।
https://www.youtube.com/watch?v=4HFd0J3eNbo
गीत संगीतको माध्यमबाट नेपाली पोसाकको महत्व झल्काउनका लागि गीत सृजना गरिएको बताउँदै गायक जिसीले लोक संस्कृति तथा नेपाली भेषभुषाको मौलिकता बचाउन गीतले भूमिका खेल्ने विश्वास गर्नुभयो ।
सुगम संगीतमा चर्चाको शिखरमा रहेकी गायीका पन्त संगको यो सहकार्यले आफु निकै नै उत्साहित रहेको पनि गायक जिसीले बताउनुभयो । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीका अध्यक्ष समेत रहनुभएका जिसीले दर्जनौ गीतहरु प्रस्तुत गरिसक्नुभएको छ ।
लोभै लाउने जिउ बोलको गीतबाट साँगीतिक यात्रा सुरु गर्नुभएका जिसीका सनाई रोलाकी पञ्चेबाजा, विहानी पख सालैजो, तिमी संगै बसेको दिल, माया माया, तिजैम झ्याप्पै नाचौँला, औँठी औँलैमा लगायतका गीतहरु सार्वजनिक भईसकेका छन ।