बेनी । म्याग्दी उद्योग वाणिज्य संघको अध्यक्षमा युवा व्यवसायी सुविन श्रेष्ठ चयन हुनुभएको छ । आइतबार राति सम्पन्न संघको ३० औं साधारणसभा तथा १२ औं अधिवेशनबाट श्रेष्ठ अध्यक्ष पदमा सर्वसम्मत चयन हुनुभएको हो । बेनी स्थित धर्मनारायण इन्टरप्राइजेजका प्रोप्राइटर श्रेष्ठ यसअघि वरिष्ठ उपाध्यक्ष हुनुहुन्थ्यो ।
मुख्य निर्वाचन अधिकृत यामबहादुर चोखालका अनुसार कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा राजेश शाक्य, प्रथम उपाध्यक्षमा लिलाराम गौतम, दित्तिय उपाध्यक्षमा अमित बानियाँ, महासचिवमा नारायण जिसी, कोषाध्यक्षमा सुमन श्रेष्ठ, सचीवमा मोतिलाल पौडेल, सहसचीवमा टेकप्रसाद सापकोटा र सहकोषाध्यक्षमा बाबुराम आचार्य चयन हुनुभएको छ ।
त्यस्तै कार्य समिति सदस्यहरुमा राजकुमार श्रेष्ठ, अन्जित खान, नारानाथ रेग्मी, भोज बहादुर रिजाल, नवराज पौडेल, सुनिता केसी, प्रविण श्रेष्ठ, हिमाल श्रेष्ठ, विरेन्द्रमान श्रेष्ठ, गोपाल पौडेल, वलिभद्र कँडेल राजु, यज्ञ थापा क्षेत्री, नारायण शर्मा, चिरन्जीवि शर्मा, रवि प्रसाद शर्मा, हेमन्त बानियाँ, हरि प्रसाद पौडेल, प्रेम गिरी, कृष्ण बहादुर खत्री, गोपाल दर्जि, अम्विका श्रेष्ठ र सन्दिप खत्री चयन भएका छन ।
नयाँ कार्यसमिति पदाधिकारीहरुलाई मुख्य निर्वाचन अधिकृत चोखालले पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको थियो ।
अध्यक्ष श्रेष्ठले सर्वसम्मत चयन गर्न सघाउने सबैलाई धन्यवाद व्यक्त गर्दै संस्थाको नितिनियम अनुसार उद्योगीव्यवसायीको हकहितका लागि रचनात्मक कार्य गर्ने प्रतिबद्धता जनाउनुभयो ।
तीन वर्षे कार्ययोजना बनाएर अघि बढ्ने उहाँले बताउनुभयो । तीन वर्षे कार्ययोजना अन्तर्गत जिल्लाको पर्यटन,उत्पादन, कृषि, जडिबुटी, हाइड्रो र खानी लगायत क्षेत्रमा लगानी भित्र्याउन पुर्वाधार निर्माणमा आफु र उद्योग वाणिज्य संघले पहल थाल्ने बताउनुभयो । जिल्लामा बसाइँसराइ रोक्न र व्यवसायीलाई चलाएमान बनाउन समेत सहजीकरण गर्ने प्रतिबद्धता जनाउनुभयो ।
निवर्तमान अध्यक्ष बेलबहादुर कटुवालले अध्यक्ष लगायत नयाँ कार्यसमिति सदस्यलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । साथै आफ्नो कार्यकाल सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो ।