गायक सज्जन बोहोराको ‘बनचरी’ सांगीतिक बजारमा (भिडियो सहित)

म्याग्दी । म्याग्दीका लोकप्रीय गायक, मोडल तथा सर्जक सज्जन बोहोराको लोक दोहोरी गीत बनचरी सांगीतिक बजारमा सार्वजनिक भएको छ ।

जिल्लाको बेनी नगरपालिका वडा नम्वर ६ जामुनाखर्क घर भई हाल अमेरीकामा रहनुभएका बोहोराले आफ्नै युटुव च्यानलबाट गीत सार्वजनिक गर्नुभएको हो ।

गायक बोहोरा र गायीका कुमारी चेपाङको आवाजमा रहेको गीतको शब्द तथा लय सृजना पनि गायक बोहोराले गर्नुभएको हो ।
चेतन गोतामेले संगीत संयोजन गरेको गीतको भिडियो मौसम हिमालीले निर्देशन गर्नुभएको छ भने गायक बोहोरा र जुनु एसडीको नृत्य तथा अभिनय हेर्न सकिन्छ ।

मनको चरि बनतिर हरायो, नदेखेर आँखा फरफरायो बनैकी बनचरी, कहाँ गयौ भुरुरु उडेर ए मेरी मनचरी । गीतका यी शब्दहरुले मायाका भावहरु व्यक्त गरेका छन । आफुले माया गरेको मान्छेलाई देख्न भेट्न नपाउँदाको पीडालाई गीतमा समावेश गरिएको छ ।

https://www.youtube.com/watch?v=VSxiIhp9Qt8

पूर्व रेडियोकर्मी समेत रहनुभएका बोहोराले प्रदेश रहदा लोक संगीत प्रतिको माया झन बढेर आउने बताउदै ९ महिना अगाडि छुट्टीमा आएको समयमा गीतको अडियो तथा भिडियो तयार गरि अहिले श्रोता दर्शकसामु प्रस्तुत गरेको बताउनुभयो ।

‘जहाँ रहेपनि गीत संगीतलाई माया गरिरहन्छु, मेरा श्रोता दर्शकलाई नयाँ कोसेली स्वरुप बनचरी पस्किएको छु आशा छ अवश्य माया पाउनेछु’, गायक बाहोराले जनसन्देश डटकम संगको कुराकानीमा भन्नुभयो ।

बोली मात्रै सुन्छु गीत रेकर्ड गरि २०६९ सालबाट औपचारिक रुपमा सांगीतक क्षेत्रमा लाग्नुभएका बोहोराको हाल सम्म १ दर्जन बढि गीतहरु प्रस्तुत भईसकेका छन ।

थुप्रै गीतहरुमा अभिनय तथा नृत्य समेत गरि मोडलिङको क्षेत्रमा पनि पहिचान बनाउनुभएका गायक बोहोराका यस अघि पार्वती, तिनपाने, खरको पालीमा, ३३ किलो सुन, प्याउली फुल पहेलै, मालिका धुरी सालैजो, आखा जुध्यो फेरी, माया प्रीति ठुलो लगायतका गीतहरु प्रस्तुत भईसकेका छन ।

You can share this post!

बरंजाबाट बेनी आउँदै गरेको बोलेरो डम्मरामा दुर्घटनाः ५ जना घाईते

राम–विमला फाउन्डेसन २१ औँ अन्तरमावि जेसिजकपको उद्घाटन

Related posts