प्रदेश छाडेर व्यवसायिक कृषि पेशासँगै सामाजिक कार्यमा सक्रिय पुन

म्याग्दीको रघुगंगा गाउपालिका ४ दर्मिजाका वि.प्रसाद पुन गाउँ फर्केर कृषि पेशामा लागेका छन् । १२ बर्षको उमेरमा आफ्ना बाबाआमाको साथमा गाउँ छाडेर गलेश्वर, पोखरा हुँदै काठमाडौं बसाइ सरे पनि गाउँको मायाले आफुलाई तानेर कृषि पेशामा लागेको पुनले बताउनु भयो ।
शुरुवातमा ५ रोपनि क्षेत्रफलमा ५० वोट सुन्तला, ४० वोट किवि, १५ वोट कागति र प्रशस्त मात्रामा टिम्मुर खेति गरेको पुनले बताउनु भयो । परिक्षणका लागि थोरै मात्रामा आल्र्मन, एभोकाडो, जापानिज हलुवावेद, केजी अम्बा, जापानीज नास्पती र स्टाभेरी पनि लागाएको जानकारी गराउँदै परिक्षण सफल भएमा गाउँमा नै व्यवसायिक रुपमा नै कृषि पेशा गरेर बस्ने योजना रहेको बताउनु हुन्छ ।


रोजगारिको शिलशिलामा १७ बर्षकै उमेरमा काठमाडौं बाट जर्मन गएका पुन जर्मन बाट पनि बेल्जीयम, अस्ट्रेलिया, स्पेन, हुदै जापान मा बसेका थिए । जापानमा मात्रै पुन १० बर्ष सम्म बसेर काम गरे । रोजगारीकै शिलशिलामा जापान बसाईको क्रममा मुस्ताङ्ग छुस्याङ्गकी प्रमिला गुरुङ्ग सँग पुनको भेट भयो र प्रमिला सँग बैवाहीक सम्बन्धमा गासियो ।


प्रदेशमा हुदाँ नेपालको मायाले डाकि रहन्थ्यो र दिमाखमा यहाँ गर्ने दुख नेपालमा गर्न पाए भन्ने कुराले सताउने गरेको पुन बताउनु हुन्छ । तर त्यस बेला नेपालमा हुने गुजरा मुखी कृषि पेशा तथा व्यवसाय गर्ने वातावरण नहुदाँ साह्रै दुख लाग्थ्यो, मनमा भने नेपालमा गएर जसरी पनि व्यवसायिक कृषि पेशा गर्ने चाहाना थियाे पुन बताउनु हुन्छ ।
३४ बर्षको उमेरमा जापान बाट नेपालमा नै केही गर्छु भनेर पर्किए, नेपालमा त्यतिवेला राजनैतिक अवस्था उथलपुथल थियो । राजा ज्ञानेन्द्रले राजगद्दी छाडेर नागरजुङ्ग गएका थिए देशमा गणतन्त्र आइसकेको थियो, त्यहि देखेर नै नेपाल पर्किएको थिएँ, तर नेपालमा तत्कालिन अवस्थामा कृर्षि पेशमा लगानि गर्नका लागि कुनै सम्भावना देखिन, सम्भावना नदेखे पछि १÷२ बर्ष काठमाडौं नै बसे, पछि प्रर्यटन तिर लाग्छु भनेर पोखरामा होटल, रेष्टुरेष्ट खोले । तिन बर्ष सम्म होटल र रेष्टुरेण्ट चलाए पछि मुस्ताङ्गमा गए । जोमसोम देखि अपर मुस्ताङ्ग चल्ने दुई २ वटा जिप चलाएर बसे । अहिले ३ बर्ष भयो गाउँमा नै कृषि पेशा गरेर बसेको छु । गाउँमा हुने हरेक सुख दुखमा गाउँलेकै साथमा रहेर बसेको उहाँले बताउनु भयो ।
गाँउ फर्कि सकेपछि उहाँले कृर्षि पेशामात्रै नभएर गाउँको सेवा र विकास निमार्णका काममा पनि अग्रसर भएर काम गर्ने गरेको स्थानिय युवा सुविन सेरपुञ्जाले बताउनु भयो । उहाँकै नेतृत्वमा उपभोक्ता समिती मार्फात गाउँमा आउने स्थानिय, प्रदेश तथा संघिय सरकारको बजेटबाट स्थानिय युवाको प्रयोग गरि दर्मिजा तातोपानि कुण्ड, विद्यालय भवन, खेलकुद मैदान, मोटरबाटो निमार्ण लगाएतको काम गरेको सेपुञ्जाले बताउनुभयो ।

You can share this post!

कालिज फर्मामा पसेको चितुवा नियन्त्रणमा

भकिम्लीको दुधेखोला नजिकै अवस्थित कोप्रे झरनामा आन्तरिक पर्यटकहरुका चहलपहल

Related posts