मंगलबार एक घण्टामा ४२ करोडभन्दा बढीको शेयर कारोबार

मंगलबार एक घण्टामा ४२ करोड ५७ लाख ९७ हजार रूपैयाँ बराबरको शेयर कारोबार भएको छ । यो अवधिसम्म १७२ कम्पनीको उक्त रकम बराबरको १७ लाख ८४ हजार कित्ता शेयर कारोबार भएको हो ।
यो दिन जलविद्युत कम्पनीहरुको शेयरमा लगानीकर्ताको आकर्षण बढी देखिएको छ । एक घण्टाको कारोबार मंगलबार जलविद्युत समूहको परिसूचक सर्वाधिक १ दशमलव ४७ प्रतिशत बढेको हो । यस अवधिसम्म सर्वाधिक रकमको कारोबार अपि पावरको भएको छ । ४७ प्रतिशत हकप्रद निष्कासनको तयारी गरेको अपि पावरको मंगलबार एक घण्टामा रू. ३ करोड ४६ लाख ८५ हजार बराबरको शेयर कारोबार भएको हो ।
१२५ प्रतिशत हकप्रद शेयर निष्कासनका लागि सोमबार स्वीकृति पाएको नेपाल फाइनान्सको शेयरमूल्य मंगलबार १० प्रतिशत बढेको छ । एक घण्टाको कारोबारमा कर्पोरेट डेभलपमेण्ट बैंक र अरुणभ्याली हाइड्रोपावरको शेयरमूल्य ४ प्रतिशतभन्दा बढीले घटेको छ । मंगलबार एक घण्टाको कारोबार अवधिसम्म शून्य दशमलव ८९ अंक बढेर १ हजार ५८३ दशमलव ०१ विन्दुमा पुगेको छ

You can share this post!

प्रदेश राजधानी देउखुरी भए पछि दाङका जनतामा खुसीयाली, नाचगान र दीप प्रज्वलन गरेर स्वागत

फेरि आयो ४७ हजार बोरा भिजेको मल

Related posts