स्काउट म्याग्दी द्धारा बेनी बजारमा माक्स नलगाई हिड्नेलाई माक्स् वितरण

भै परी आउने विपत तथा महामारी न्यूनीकरण र रोक्थामका लागि गठन गरिएको स्काउट म्याग्दी द्धारा मंगलबार बेनी बजारमा माक्स तथा सेनिटाइजर वितरण भएको छ । म्याग्दी जिल्लाका स्काउट मास्टर ईश्वर सुबेदीको नेतृत्वमा बजार क्षेत्रमा माक्स र सेनिटाइजर वितरण गरिएको स्काउट म्याग्दीकी सदस्य अस्मिता भण्डारीले बताउनु भयो ।

चिनको उहान बाट शुरु भएर विश्व सँगै नेपालमा माहामारीको रुप ल्याइरहेको कोरोना भइरस केहीहद सम्म भएपनि रोकथामका लागि बेनी बजारमा मंगलवार माक्स र सेनीटाइजर वितरण गरीएको हो ।
कोरोना भाइरसले छिमेकी जिल्ला बाग्लुङ्ग र पर्वतमा समुदाय स्तरमा नै माहामारीको रुप ल्याउन थालेको अवस्थामा म्याग्दी जिल्लामा पनि समुदाय स्तरमा कोरोना भाइरस लाग्न सक्ने भन्दै बजार क्षेत्रमा विना माक्स लगाई हिड्डुल गर्नेहरुलाई माक्स वितरण गरीएको मास्टर सुवेदीले बताउनु भयो । त्यसैगरी स्काउट म्याग्दीले बालगृहमा वस्ने वालवालिका हरुको लागि पनि २ लिटर सेनीटाइजर र दुई सय थान माक्स वितरण गरीएको सुबेदीले बताउनु भयो ।

You can share this post!

गाउँपालिकाले सिल गरेकोे क्रसर उघोग ब्यवसाहिले अटेर गरेर नै सञ्चालन गरे

९ बर्षीय ब्लड क्यान्सर पिडित बालिकाको उपचारमा आर्थिक अभाव

Related posts