मुदीमा निःशुल्क आँखा शिविरः दुइ सय १८ विरामीले सेवा पाए

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका–४ मुदीमा आयोजित निःशुल्क आँखा उपचार शिविरबाट २ सय बढी लाभान्वित बनेका छन् ।

नेपाल नेत्रज्योती संघ म्याग्दीको आयोजना, मोना आईईसी, मोना अष्ट्रेलियाको सह–आयोजामा भएको शिविरमा २१८ जनाको परीक्षण गरिएकोमा ३ जनामा मोतियाबिन्दुको समस्या पहिचान भएको थियो । शिविरमा १०१ बर्षिया हस्तिका पुनको परीक्षण गरी शिविरको उद्घाटन गरिएको थियो ।

शिविरका प्रमुख अतिथि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्णबहादुर खत्रीले भौगोलिक बिकटता, जनचेतनाको अभावका कारण नियमित उपचारमा पुग्न नसक्ने अवस्थामा गाउँघरमै आयोजित शिविले बिरामीको पहिचान सहित उपचारमा समेत सहज हुने बताउनुभयो ।

सोही अवसरमा मोना आईईसीका पूर्व अध्यक्ष चक्रबहादुर थापाले प्रवासमा रहेका म्याग्देलीबाट जिल्लामा शिक्षा, स्वास्थ्य सहित विभिन्न गतिविधिमा नियमित सहयोग गर्ने गरेको बताउनुभयो । सोही अवसरमा वडा अध्यक्ष यामबहादुर घर्ती, बुद्धिविकास माविका प्रअ जगबहादुर किसान, स्थानीय बेगप्रसाद घर्तीले मन्तब्य राख्नुभएको थियो ।

शिविरमा वितरण गरिएको औषधी, चस्मा सहित आवश्यक खर्च अष्ट्रेलियामा रहनुभएका दिपक भण्डारीले आर्थिक सहयोग गर्नुभएको नेत्रज्योती संघका सचिव राजेन्द्रकुमार श्रेष्ठले बताउनुभयो । शिविरमा नेत्र ज्योति सङ्घ म्याग्दीका नेत्र अधिकृत दिनेश बानियाँ नेतृत्वको स्वास्थयकर्मीको टोलीले आँखा परीक्षण गरेका थिए ।

शिविरमा नेत्र अधिकृत दिनेश बानियाँ, सदस्य भुलमायाँ तिलिजा, साधनाकुमारी श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो । नेत्र ज्योती संघले आफ्नै पहल तथा विभिन्न निकायको सहयोगमा हरेक वर्ष गाउँमा पुगेर शिविर सञ्चालन गर्दै आइरहेको अध्यक्ष अमर बानियाँले बताउनुभयो । जिल्लाका सबै स्थानीय तहभित्रका बस्तीमा पुगेर शिविर सञ्चालन गर्ने योजना रहेको संघले जनाएको छ ।

 

You can share this post!

सूर्यनारायण पुरस्कार संस्थाबाट बेनीका दुईजना सम्मानित

अन्तर मा.वि. लोकनृत्य प्रतियोगितामा न्यु वेष्ट प्वाईन्ट प्रथम

Related posts