हावाहुरीले जगन्नाथ मन्दिरमा क्षति

म्याग्दीको बेनी नगरपालिका–५, गाजनेमा रहेको ऐतिहासिक जगन्नाथ मन्दिरमा धुपीको रुख भाँचिएर खस्दा क्षति पुगेको छ । सोमवार साँझको समयमा चलेको चर्को हावाहुरीले मन्दिर अगाडि रहेको करिब ३ सयवर्ष पुरानो धुपीको रुख भाँच्दा मन्दिरमा क्षति पुगेको हो ।

रुख भाँचिएर मन्दिरको छानामा माथि खस्दा मुख्य गजुर कच्याककुचुक भएर क्षति पुगेको जगन्नाथ मन्दिरधाम गुठी व्यवस्थापन तथा सञ्चालन समितिका सचिव निलकण्ठ शर्माले बताउनुभयो । हावाहुरीका कारण भाँचिएको रुखको असरले मन्दिरको पश्चिमतर्फको कार्नेसहरुमा क्षति पुगेको उहाँले जानकारी दिनुभयो ।

यसैगरी रुख भाँँचिएर लाग्दा मन्दिरको उत्तरतर्फको गजुर भुइँमा खसेर कच्याककुचुक परेको छ भने मन्दिरमा जडान गरिएको बिजुलीका बल्बहरुमा पनि क्षति पुगेको छ । यसका साथै धुपीको रुख भाँिचएर मन्दिर नजिकै रहेको पाकशालाको छानामा पनि क्षति पु¥याएको समितिका सचिव शर्माले बताउनुभयो ।

प्रारम्भिक जानकारीअनुसार मन्दिरमा झण्डै पाँचलाख रुपैयाँ बराबरको क्षति पुगेको हुन सक्ने अनुमान गरिएको छ । मन्दिरभित्र क्षति नपुगेको भए पनि गजुरसहित मन्दिर बाहिर भने धुपीको रुख भाँचिएर क्षति पुगेको छ ।

इतिहासमै पहिलोपटक यस्तो घटना भएकोमा गाजनेवासीले अचम्म मानेका छन् । हावाहुरीले रुख ढलाएर क्षति पु¥याएको मन्दिरको विवरण सङ्कलन गरेर मर्मतसम्भारका लागि आवश्यक पहल गरिने समितिले जनाएको छ ।

२०६९ सालमा लगाइएको सप्ताहव्यापी महायज्ञबाट सङ्कलित रकमले जगन्नाथ मन्दिरको पुनर्निर्माण गरिएको थियो ।
नेपालमा तत्कालीन बाईसे–चौबीसे राज्यको पालामा ऐतिहासिक पर्वत राज्यका राजा दिलिपबम (डिम्ब)ले भारतको उडिसा राज्यमा गएर भगवान् जगन्नाथको मूर्ति ल्याई गाजनेको हलहलेचौरमा स्थापना गरेपछि आफू सोही ठाउँमा अलप भएको भन्ने किम्बदन्ती आजपर्यन्त सुन्नमा पाइन्छ ।

You can share this post!

राष्ट्रिय प्रजातन्त्र पार्टीद्वारा बेनपामा उम्मेदवार सिफारिस

मंगला चारमा लक्ष्मी बुढाथोकी मगर वडा अध्यक्षको उम्मेदवार

Related posts