स्वास्थ्य कार्यालयको ७५ प्रतिशत वित्तीय प्रगति

म्याग्दी । स्वास्थ्य कार्यालय म्याग्दीले आर्थिक बर्ष २०७८÷०७९ मा ७५ प्रतिशत वित्तीय प्रगति गरेको छ । शशर्त, मुख्यमन्त्री कोरोना कोष, समानीकरण, पुजिगततर्फ गरि कुल ६ करोड १८ लाख २६ हजार  रुपयाँ बजेट प्राप्त भएकोमा ४ करोड ६३ लाख १४ हजार ५२६ रुपैयाँ ( ७५ ) प्रतिशत बजेट खर्च भएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले जानकारी दिनुभयो ।

विहिबार बेनीमा आयोजित आर्थिक बर्ष २०७८÷०७९ को कार्य विवरण, प्रगति तथा समिक्षा सम्वन्धमा पत्रकारहरु संगको अन्तरक्रिया कार्यक्रममा प्रमुख लम्सालले भौतिक प्रगति भने ९४ प्रतिशत भएको जानकारी दिनुभएको हो ।

जिल्लामा १८ बर्ष भन्दा माथिको उमेर समूहका ९६ प्रतिशतलाई पहिलो मात्राको कोभिड विरुद्धको खोप लगाईएको छ भने १०६ प्रतिशतलाई दोस्रो मात्राको खोप सेवा उपलब्ध गराईएको छ ।
चालु आर्थिक बर्षमा कोरोनाको वुस्टर डोज ५८ प्रतिशतलाई दिईएको छ । १५ बर्ष मुनिका ९६ प्रतिशत बालबालिकालाई टाइफाईड खोप लगाईएको लम्सालले जानकारी दिनुभयो । चालु आवमै स्वास्थ्य कार्यालयको समन्वयमा जिल्लाको बेनी नगरपालिका र मंगला गाउँपालिकालाई पूर्ण खोप सुनिस्चितताको दिगोपनाको प्रमाणीकरण भएको घोषणा गरिएको छ ।

२०७१ साल चैत १५ गते म्याग्दी जिल्लालाई नेपालको छैंठौ जिल्लाको रुपमा पूर्ण खोप सुनिस्चितता भएको जिल्ला घोषणा गरिएको थियो । त्यसपश्चात पनि यसको निर्देशिकामा उल्लेख भए अनुसार प्रत्येक बर्ष १६ देखि २३ महिनाका बालबालिकाहरुमा पूर्ण खोप सुनिस्चितता कायम भए, नभएको अवस्था हेरि दिगोपनाको प्रमाणीकरण गर्नुपर्ने नीति रहेको प्रमुख लम्सालले बताउनुभयो ।

कार्यालयले चालु आवमा स्थानीयतह अन्तरगतको स्वास्थ्य संस्थाहरुमा कार्यरत स्वास्थ्य कर्मीहरुको क्षमता अभिवृद्धि, मातृ तथा नवजातशिशु सम्वन्धि कार्यक्रम, आमा सुरक्षाको कार्यक्रम, राष्ट्रिय खोप कार्यक्रम, आँखा, कान, नाक, कान, घाँटी लगायतका रोग सम्वन्धि अभिमुखिकरण कार्यक्रम, सहजिकरण, अनुगमन लगायतका गतिविधिलाई प्रभावकारी रुपमा कार्यान्वय गरेको छ ।

कोभिड महामारीको समयमा पनि नियमित खोप, पोषण, सुरक्षित मातृत्व लगायतका जनस्वास्थ्यका कार्यक्रमलाई नियमित रुपमा संचालन गर्न सफल भएको प्रमुख लम्सालको भनाई थियो । साथै जनशक्तिको अभावले गर्दा कार्य सम्पादनमा असहजता उत्पन्न भएको पनि उहाँले बताउनुभयो । हाल लेखा, प्रशासन, प्राविधिक तथा तथ्यांक संकलनका लागि कर्मचारीहरुको कमि रहेको छ ।

जिल्लाका स्थानीय तहहरुमा स्वास्थ्य कर्मीको दरवन्दी खालि रहनु र प्राकृतिक प्रकोप, सडकको असुविधा लगायत चुनौतिको सामना गर्नुपरेको लम्सालको भनाई छ । नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष प्रकाश पौडेलले मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रममा जिल्ला स्थित विभिन्न संचार माध्यममा आवद्ध संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।

You can share this post!

बेनी नगरपालिकाको ८२ प्रतिशत बजेट खर्च

एउटा व्यक्त नगरिएको सामाजिक घटनाः सर्जक नकुल ढकालको ‘पुरुष’

Related posts