म्याग्दीका फर्निचर ब्यवसायी संगठित

म्याग्दीमा वनपैदावर (फर्निचर) ब्यवसायी संगठित भएका छन् । म्याग्दी र छिमेकी पर्वत जिल्लाको जलजला गाउँपालिकामा रहेका फर्निचर ब्यवसायीको शनिवार वेनीमा आयोजित भेलाले कृष्ण जिसीको अध्यक्षतामा १५ सदस्यीय तदर्थ समिति गठन गरेको छ ।

भेलाबाट तदर्थ समितिको उपाध्यक्षमा दिनेश केसी, सचिवमा मुकुन्द शर्मा, कोषध्यक्षमा सुदीप बानियाँ, सहसचिवमा राजेन्द्र रेग्मी चयन हुनुभएको छ ।

समितिको सदस्यहरुमा राजकुमार क्षत्री, वलबहादुर विश्वकर्मा, खिलबहादुर विश्वकर्मा, गोविन्द रिजाल, ओमबहादुर किसान, विरेन्द्र किसान, लोकबहादुर हर्मेल, रिता खत्री, मिलन बानियाँ र समबहादुर विक रहनुभएको छ ।

राज्यलाई कर तिरेर ब्यवसाय गर्नेभन्दा केही भारतीय नागरिकहरुले विना दर्ता र राज्यलाई कर समेत नतिरी व्यवसाय संचालन गरेकाले स्थानीय ब्यवसायीको वदनाम भएको भन्दै जिल्लाका फर्निचन ब्यवसायी संगठित भएको अध्यक्ष केसीले बताउनुभयो ।

भेलामा बोल्दै म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष वेल बहादुर कटुवाल, नेपाल उद्योग बाणिज्य महासंघका पूर्व केन्द्रिय उपाध्यक्ष प्रमोद श्रेष्ठ लगाएतका बक्ताहरुले बाहिरबाट अनाधिकृत रुपमा आएर काम गर्ने ब्यक्तिहरुले गर्दा म्याग्दी, बाग्लुङ र पर्वत जिल्लाका फर्निचर उद्योगहरु करिव वन्द नै हुने अवस्थामा पुगेकाले त्यसको विरोध गर्दै सम्वन्धित निकायको ध्यानाकर्षण गराउन आवश्यक रहेकोमा जोड दिएका थिए ।

सहभागी व्यवसायीहरुले उद्योग दर्ता गर्दा झन्जटिलो कानूनी व्यवस्था भएको, घरेलु, वन तथा नापी कार्यालयले धेरै दुख दिने गरेको, वैंकहरुले अनावश्यक रुपमा व्याजदर वृद्धि गरेको लगाएतका गुनासो गरेका थिए ।

समितिको सल्लाहकारमा वालकृष्ण सुवेदी, प्रमोद श्रेष्ठ, कुविर श्रेष्ठ, डम्वर सापकोटा र छेमप्रसाद गर्वुजा मगरलाई चयन गरिएको छ ।

You can share this post!

उद्योग व्यवसाय महासंघ रघुगंगा गाउँपालिका अध्यक्षमा सुवेदी

फोक्सो क्यान्सर पीडित पूर्जालाई आर्थिक सहयोग

Related posts