मोना कतारको अध्यक्षमा नरेन्द्र फगामी

कतारमा रहेका म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली सङ्घ(मोना) कतारको अधिवेशन भएको छ । शुक्रवार सहानिया स्थित अल दोसरी पार्कमा सम्पन्न भएको १८ औँ स्थापना दिवस तथा दशौ साधारणसभा को अवसरमा भएको अधिवेशन बाट अध्यक्षमा नरेन्द्र फगामी निर्वाचीत हुनु भएको छ ।
समितिको वरिष्ठ उपाध्यक्षमा राजु पौडेल, प्रथम उपाध्यक्षमा बाबुराम भण्डारी, द्धितियमा उपाध्यक्ष गम ब सेन्चुरी, महासचिवमा अजय कुवँर, सचिवमा रामकृष्ण शर्मा र कोषाध्यक्षमा हेमबहादुर बानियाँ रहेका छन् भने सदस्यहरुमा क्रमशः नरेन्द्र कुमार दर्जी, नर ब मल्ल, गंगाधर कँडेल, सुमन धर्ति, दशरथ खत्री, रिपोर्ट खत्री, गंगा बस्नेत र वरिष्ठ सदस्यमा तुल प्रसाद कँडेल निर्विरोध चयन भएका छन् ।
संस्थाका निर्वतमान अध्यक्ष तिलु शर्मा पौडेलको सभापतित्वमा सम्पन्न उक्त सभामा प्रमुख अतिथि मोनाआईईसिका महासचिव विक्रम कार्कीले कोरोना माहामारीका बेलामा मोना कतारले अत्यन्तै राम्रो काम गरेको र जति सुकै प्रसंसा गरेपनि उक्त कामको कम हुने बताउनु भयो । उहाँले मोना कतारको गरीमालाई नया कार्यसमितिले अझै उच्च बनाउने विश्वास व्यक्त गर्नु भएको थियो । शुभकामना मन्तव्यका क्रममा संस्थापक अध्यक्ष प्रेम रसाइलीले नया‘ समितीसंग नयाँ अपेक्षा हुने हुदा‘ सक्रियतालाई नघटाउन सुझाव दिएका थिए । कार्यक्रममा मोनाका मीन कार्कीले कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो ।
कार्यक्रमको पहिलो चरणको समापन गर्दै सभापति तिलु पौडेलले २ वर्षको कार्यकालमा राम्रा कामहरूको सुरुवात गरिए पनि कोरोना कारण अपुरा रहेका कार्यलाई नयाँ कार्यसमितिले पूर्ण गर्ने विश्वास व्यक्त गर्दै संस्थाका सबै क्रियाकलापलाई सफल बनाउन सहयोग गर्नेहरु सहित संस्थाका बारेमा कलम चलाउने पत्रकारहरू समेतलाई धन्यवाद ज्ञापन गर्दै कार्यसमिति भग भएको घोषणा गर्नु भएका् थियो ।
नव निर्वाचित कार्यसमितीलाई निर्वाचन समिति संयोजक प्रेम रसाइलीले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको छ । म्याग्दीको मालिका गाउँपालिका देवस्थान स्थायी घर भई लामो समयदेखि कतारमा कार्यरत फगामिले निर्वाचित भइसकेपछि बोल्दै मोना कतारका पुराना अभियानलाई निरन्तरता र आवश्यकता अनुसार थप नयाँ कार्यक्रमहरू ल्याउने बताउनु भएको थियो । नव निर्वाचित समितिको पहिलो बैठकले प्रमुख सल्लाहकारमा निवर्तमान अध्यक्ष तिलु शर्मा पौडेल सल्लाहकारमा क्रमशः मीन बहादुर कार्की, थम कुमार गिरी, देविदत्त कँडेल, शिव चोखाल, लीला बहादुर चोखाल र टिका कार्की लाई चयन गरेको छ भने प्रमुख संरक्षकमा प्रेम रसाईली विक्रम कार्की, रमेश पौडेल र रेसम शाहीलाई चयन गरेको छ । म्याग्दी प्रवासी नेपाली संघ (मोना) कतारमा रहेका नेपाली सामाजिक संस्थाहरु मध्य सक्रिय र अग्रणी संस्थाको रूपमा परिचित छ ।

You can share this post!

बादलसहित माओवादीका २२ नेता एमाले केन्द्रीय सदस्य मनोनित

सनसाइन युवा क्बलबद्धारा माहाशिवरात्री मेला

Related posts