काँग्रेस म्याग्दीले ६ वटै स्थानीय तहमा अध्यक्षको उम्मेदवार टुङ्गायो

म्याग्दी । नेपाली काँग्रेसले यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि म्याग्दीका छ वटै स्थानीय तहको प्रमुख पदका उम्मेदवार सर्वसम्मत चयन गरेको छ । बेनी स्थित काँग्रेसको पार्टी कार्यालयमा वसेको जिल्ला कार्यसमितिको बैठकले अन्नपूर्ण, धवलागिरी र रघुगंगा गाउँपालिकाको अध्यक्ष तथा अन्नपूर्णको उपाध्यक्षको उम्मेदवार छनौट गरेको हो ।

चारै जनाको नाम सर्वसम्मत छनौट भएको काँग्रेस म्याग्दीका सचिव हिरा पुनले जानकारी दिनुभयो । रघुगंगा गाउँपालिकामा बहालवाला गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीलाई दोहो¥याएर उम्मेदवार बनाउने भएको छ । अन्नपूर्ण गाउँपालिकाको अध्यक्षमा काँग्रेसको पालिका सभापति क्याप्टेन बलबहादुर तिलिजा पुनलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । धवलागिरी गाउँपालिकाको अध्यक्षमा पालिका सभापति प्रेम पुनलाई उम्मेदवार बनाउने निर्णय गरिएको सचिव पुनले बताउनुभयो ।

उहाँका अनुसार अन्नपूर्णको उपाध्यक्षमा नागीकी ललिता तिलिजा पुनलाई उम्मेदवार छनौट गरिएको छ । रघुगंगाको उपाध्यक्ष शुक्रबार सम्म छनौट गरिने सचिव पुनले बताउनुभयो । धवलागिरी, मालिका, मंगला गाउँपालिका र बेनी नगरपालिकाको उपप्रमुखको उम्मेदवार सत्ता साझेदार पाँच दलीय गठबन्धनसँग छलफल गरेपछि टुङ्गो लगाइने सचिव पुनले बताउनुभयो ।

यसअघि बेनीको मेयरमा चिरञ्जिवी शर्मा, मालिकाको अध्यक्षमा श्रीप्रसाद रोका र मंगलाको अध्यक्षमा बिरेन्द्र बुढाथोकीलाई उम्मेदवार बनाउने निर्णय भइसकेको थियो । यसैगरी काँग्रेसले बेनी नगरपालिका–७ को वडा अध्यक्षमा वडा सभापति रमेश श्रेष्ठ र मंगला गाउँपालिका–२ को वडा अध्यक्षमा काँग्रेसका जिल्ला सह–सचिव श्रीराम पौडेललाई उम्मेदवार छनौट गरेको छ ।

यस्तै बेनी नगरपालिका–५ को अध्यक्षको उम्मेदवारमा वडा सभापति यामबहादुर बानियालाई छनौट गरेको छ । काग्रेसले बिहिबारसम्म जिल्लाका ४५ वटा वडा मध्य ३० भन्दा बढीमा वडा अध्यक्षका उम्मेदवार छनौट र सार्वजनिक गरिसकेको छ । सत्ता साझेदार पाँच दलीय गठबन्धनमा कुरा नमिले शनिबार सम्म सबै वडा र पालिकाको उपाध्यक्षका उम्मेदवार पनि छनौट गरेर निर्वाचनमा जाने काँग्रेसको तयारी छ ।

You can share this post!

वडा अध्यक्षको उम्मेदवार दिपक पुनलाई मातृशोक !

मालिकामा माओवादीले ग¥यो उम्मेदवार छनौटः त्रिपक्षीय प्रतिस्पर्धा हुने

Related posts