पहिरो मा परी २१ जनाको मृत्यु, कयौँ वेपत्ता

, पाँचथर, ४  कात्तिक  हिजोदेखि जारी वर्षाका कारण पाँचथरको चार स्थानीय तहमा २१ जनाको मृत्यु हुनाका साथै दुई जना वेपत्ता छन् । यस्तै छ जना घाइते भएको छन् ।

प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकालका अनुसार मिक्लाजुङ गाउँपालिका–५ कुरुम्बामा मात्रै १५ जनाको मृत्यु भएको छ । यहाँ थप दुई जना वेपत्ता छन् । यस्तै फिदिम नगरपालिका दुई जना, फाल्गुनन्द गाउँपालिकामा तीन जना र कुम्मायक गाउँपालिकामा एक जनाको पहिरोले पुरिएर मृत्यु भएको प्रजिअ ढकालले जानकारी दिनुभयो ।

घाइतेहरुको हेलिकप्टरमार्फत समेत उद्धार कार्य चलिरहेको र टेलिफोन सम्पर्क हुन नसकेका कारण घटनावारे विस्तृत विवरणहरु प्राप्त हुन नसकिरहेको उहाँले वताउनुभयो । मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष अमरराज माखिमले धेरै मानिसहरु बेपत्ता रहेको र उद्धार तथा खोजी कार्य जारी रहेको वताउनुभयो ।

अविरल वर्षाका कारण टेलिफोन सम्पर्क हुन नसक्दा घटनाहरुवारे विस्तृत विवरण प्राप्त भएको छैन् । वर्षाकै कारण मेची राजमार्ग ठाउँठाउँमा अवरुद्ध हुँदा यात्रुहरु अलपत्र परेका छन् । सुरक्षा निकाय उद्धारमा खटिएकाले राजमार्ग तत्कालै खुल्नसक्ने अवस्था छैन् ।

You can share this post!

दानाबाट रोजी बिक सम्पर्क बिहिन

मोना अन्तराष्ट्रिय कार्य समितिको अध्यक्षमा अमर छन्त्याल

Related posts