म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८,काफलडाँडाका फोक्सो क्यान्सर पीडित जग बहादुर पूर्जाको उपचारमा २ लाखभन्दा बढी रकम सहयोग गरिएको छ ।
यूकेमा रहनुभएका काफलडाँडा निवासी नरबहादुर पूर्जाको पहलमा संकलन गरिएको २ लाख ८ हजार ५ सय काफलडाँडा यूके परिवारको उपसंयोजक बल बहादुर पुन, काफलडाँडा सम्पर्क समाज पोखराका अध्यक्ष टिका बहादुर गवुर्जाको हातबाट हस्तान्तरण गरिएको नारायण पुनले जानकारी दिनुभयो ।
उक्त सहयोगमध्ये काफलडाँडा परिवार यूकेले ५० हजार सहयोग गरेको थियो । सहयोगबाट उपचारमा सहज भएको पीडित पुर्जाकी छोरी खिमा पुनले बताउनुभयो । मणिपाल अस्पताल पोखरामा उपचारार्थ पूर्जालाई आर्थिक आवश्यकता परेकाले सहयोगको अपिल गरिएको छ।
थप सहयोगका लागि खिमा पुन ९८४६०४७९७४ र काफलडाडा सम्पर्क समाज पोखराको अध्यक्ष टिका बहादुर गर्बुजा ९८४६३३२८५६ लाई सम्पर्क गर्न सक्नुहुने छ ।