बेनी नगरपालिकामा पशु तथ्याकं संकलन सुरु,

बेनी । पशुमा पुर्ण खोप कार्यक्रम संचालनका लागि बेनी नगरपालिकामा शनिबारदेखि पशु तथ्याकं संकलन सुरु गर्न गणकहरु परिचालन गरिएको छ । भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रको आयोजनामा परिचालन गरिएका गणकहरुलाई तालिम दिएर नगरपालिकाभित्र कृषकले पालेको पशुहरुको तथ्यांक संकलन सुरु गरिएको हो ।

पशुमा पुर्ण खोप कार्यक्रम अन्तरगत नगरपालिकाभित्र पशुपन्छीको तथ्याकं संकलनका लागि वडाले खटाएका गणकहरुलाई शुक्रबार आवश्यक तालिमसहित सामाग्री दिएर पठाएको केन्द्र प्रमुख जीवनप्रसाद आचार्यले बताउनुभयो। नगरभित्र घरधुरी अनुसार कृषकले पालेका गाई, भैसी, भेडाबाख्रा, बंगुर, कुकुर लगायत पन्छीको विवरण संकलन गर्न गणकहरुलाई परिचालन गरिएको केन्द्रले जनाएको छ ।

वडावडामा परिचालन गरिएका गणकले पशुको जात, पहिचान, खोप लगाएको छ वा छैन, औषधी पशुलाई खुवाएको वा नखुवाएको, पशुपालन फर्म दर्ता गरे वा नगरेको, जग्गा, घाँसखेती, पशुपालनबाट बार्षिक आम्दानी, पशु विमा गरे वा नगरेको, पशुपालनमा गरेको लगानी निजी वा ऋण, रोजगारीको संख्या, फ्रेस, डेरी लगायतको विवरण पशुपालक कृषकबाट संकलन गर्ने केन्द्र प्रमुख आचार्यले जानकारी दिनुभयो ।

बेनी नगरपालिकाका पशु सेवा शाखाका प्रमुख डाक्टर जनाश्रीत श्रेष्ठले खोपबारे कृषकलाई बुझाएर बास्तविक पशुको संख्या संकलन गर्न आग्रह गर्नुभयो। कृषकले पालेका जनावरलाई स्वस्थ राखेर आम्दानी बढाउन, जोखिम कम गर्नका लागि खोप अनिवार्य रहेको उहाँको भनाई थियो ।

वडाको भूगोल अनुसार परिचालित ३० जना गणकले १५ दिनभित्र लिएको तथ्याकंको आधारमा घरघरमा पुगेर पशु खोप संचालन गरिने पशु प्राविधिक सुवास रेग्मीले बताउनुभयो।

 

You can share this post!

प्रगति युवा क्लबको विविध कार्यक्रम सम्पन्न

टी -२० विश्व कप अफगानिस्तान र नामिबिया तथा भारत र न्यूजिल्यान्ड भिड्दै

Related posts