मृतकका आफन्त र घाईतेको उपचारमा रघुगंगा गाउँपालिकाले राहत दिने, शोकमा एक दिन सेवा बन्द

 

म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा सोमबार साँझ भएको बोलेरो जिप दुर्घटनामा ज्यान गुमाएकाको आफन्त र घाईतेहरुको उपचारमा गाउँपालिकाले आर्थिक सहयोग गर्ने भएको छ । सवारी चालक र वडा सदस्य सहित दुर्घटनामा चार जनाको मृत्यु भएको थियो भने ४ जना घाईते भएका छन् । मृतक चार जनाकै घरपरिवारलाई आफ्नो परम्परा अनुसार काजकिरियाका लागि रु ५० हजारका दरले र घाईतेहरुको उपचारका लागि जनही रु १ लाख सम्म गाउँपालिकाले सहयोग गर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले जानकारी दिनुभयो ।

ग १ ज ७२५१ नम्वरको बोलेरो जिप दुर्घटना हुदाँ बेगका स्थानीय खिम पुन, खिमानन्द शर्मा, चालक दुतबहादुर थापा, र वडा सदस्य गौमायाँ विश्वकर्माको मृत्यु भएको थियो । दुर्घटनामा घाईते भएका ४ जनालाइ बेनी अस्पतालबाट थप उपचारका लागि पोखरास्थित मणिपाल अस्पतालमा रेफर गरिएको छ ।

यसैबिच दुर्घटनामा परेर ज्यान गुमाएकाहरुको शोकमा मंगलवार गाउँपालिकाले गाउँपालिका, वडा कार्यालय, सेवा केन्द्र, र अत्याबश्यक बाहेकका स्वास्थ्य सेवाको कामकाज बन्द गरेको छ भने वडा नम्बर एकमा विद्यालयहरु समेत बन्द गरिएको प्रमुख प्रशासयिक अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो ।मंगलवार गाउँपालिकामा एक कार्यक्रम गरि दुर्घटनामा परेर ज्यान गुमाएका वडा सदस्य सहित चार जनाको तस्बिरमा माल्यार्पण गरेर दुख व्यक्त गर्दै श्रद्धाञ्जली सभा समेत गरिएको छ ।

गाउँपालिका अध्यक्ष भण्डारी, उपाध्यक्ष कमला तिलिजा, प्रमुख प्रशासकिय अधिकृत सुवेदी, वडा नम्बर २ का अध्यक्ष रिम कटुवाल, ३ का अध्यक्ष जिवन मल्ल, ६ का अध्यक्ष मनकुमार शेरपुञ्जा, ८ का अध्यक्ष गमान छन्त्याल लगायत जनप्रतिनिधि, कर्मचारी र स्थानीयबासीले समेत ज्यान गुमाएकाहरुको तस्बिरमा फुलमाला लगाएर श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो ।

You can share this post!

एमाले उपाध्यक्षमा अष्टलक्ष्मीलाई सबै भन्दा धेरै मत, घनश्याम भूसाल पराजित

प्रदेश अध्यक्षका लागि ‘रिजर्ब’ राखिएका तीन नेता

Related posts