७ बर्षीय बालिकालाई जबरजस्ति करणी गर्ने थम बहादुर बिक पक्राउ

म्याग्दी । ७ बर्षे बालीकालाई जबरजस्ती करणी गरेको अभियोगमा म्याग्दीको मंगला गाउँपालीका ५ का ४७ बर्षिय थम बहादुर बिक लाई प्रहरीले पक्राउ गरेको छ । बिकले गत कार्तिक १८ गते दिनको ११ बजेको समयमा उक्त ७ बर्षिय बालिकालाई फिल्म हेर्न जाम भनी ललाई फकाई बिस्तरामा लगेर जबरजस्ती करणी गरेको भनी ईलाका प्रहरी कार्यालय दर्वाङमा आफन्तले उजुरी गरेका थिए ।

खबर पाए लगत्तै शनीबार प्रहरीको टोली उक्त स्थानमा पुगी बिकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरिक्षक बिरेन्द्र राज गुरुङले जानकारी दिनुभयो । बिक उपर जबरजस्ती करणी मुद्दा शिर्षकमा मुद्दा दर्ता गरि जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरि अनुसन्धान भैरहेको गुरुङले बताउनुभयो । मुलुकी अपराध संहिता २०७४ अनुसार दस बर्ष भन्दा कम उमेरकी बालिकालाई जबरजस्ती करणी गरेमा जन्म कैदको सजाय हुने कानुनी ब्यबस्था रहेको छ ।

You can share this post!

म्याग्दीका ३० वटा वडामा माओवादीको नेतृत्व चयन

नक्कली जग्गा धितो प्रकरण स् कुमारीले राष्ट्र बैंकलाई किन जानकारी गराएन 

Related posts