राष्ट्रिय अपाङ्ग महासंघ गण्डकीको अध्यक्षमा म्याग्दीका शर्मा निर्वाचित

राष्ट्रिय अपाङ्ग महासंघ गण्डकी प्रदेश समितिको अध्यक्षमा म्याग्दीका खोमराज शर्मा निर्वाचित हुनुभएको छ ।
शनिबार पोखरामा सम्पन्न महासंघको चौथो साधारण सभा तथा दोस्रो अधिवेशनबाट बेनी नगरपालिका–५ पुलाचौर घर भई हाल पोखरा निबासी शर्मा दोस्रो कार्यकालका लागि पुनः अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

अध्यक्ष पदका लागि म्याग्दीकै सुरेन्द्र खत्री र शर्माविच प्रतिस्पर्धा भएको थियो । अध्यक्ष सहित पदाधिकारी र केहि सदस्यहरुमा सहमति हुन नसकेपछि निर्वाचन गरिएको थियो । कुल १ सय प्रतिनिधि मतदानमा सहभागी भएका थिए ।

अध्यक्षमा निर्वाचित शर्माले ५३ मत प्राप्त गरि विजयी हुनुभएको हो भने उहाँका पत्यासी खत्रीले ४२ मत प्राप्त गर्नुभएको थियो । उपाध्यक्षमा ६२ मत प्राप्त गरि अन्जना केसी, सचिवमा ४१ मत प्राप्त गरि कृष्ण प्रसाद अधिकारी र सहसचिवमा ५३ मत प्राप्त गरि टिकाराम सापकोटा निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ ।

कोषाध्यक्षमा भने सुनिता थापा निर्विरोध निर्वाचित हुनुभएको छ । दोस्रो कार्यकालका लागि पनः अध्यक्षमा निर्वाचित भएपछि शर्माले सिमान्तकृति वर्गको शसक्तिकरणका निम्ती महासंघ विभिन्न गतिविधिका साथ क्रियाशिल रहने प्रतिवद्धता जनाउनुभएको छ ।

उहाँले सुदृढ संस्था र सम्मानित सदस्यको अभियान संचालन गरि संस्थालाई सवैको साझा बनाउने बताउनुभयो । संस्थामा कुनै राजनैतिक आग्रह पूर्वाग्रह नराखी अपाङ्ग तथा अशक्त व्यक्तिहरुका हक, अधिकार र सुरक्षाका लागि पहरेदारको भूमिकामा रहने उहाँको भनाई थियो ।

अध्यक्ष शर्माले २०२१ को अगस्तमा वल्ड ब्लाइन्ड आइडलको उपाधी समेत जित्नुभएको थियो । पोल्यान्डको चान्स फर द ब्लाइन्ड फाउन्डेसनले आयोजना गरेको प्रतियोगीतामा नेपालबाट शर्मा सहित विश्वका २६ देशका प्रतियोगीले भाग लिएका थिए ।

You can share this post!

भुरुङमा माओवादीलाई धक्काः वडा अध्यक्षका उम्मेदवार सहित सयौँ एमालेमा प्रवेश

मराङका वडा अध्यक्ष सुवेदीद्वारा सरकारी सवारी फिर्ता सहित राजिनामा

Related posts