यस बर्ष रनवाङ सिंचाइ आयोजनाको ६ सय ७० मिटर पक्की नहर निमार्ण

म्याग्दीको मंगला गाउँपालिका २ रनवाङमा रहेको रनवाङ सिंचाइ आयोजनाको ६ सय ७० मिटर पक्की कुलो निमार्ण सम्पन्न भएको छ । गण्डकी प्रदेश सरकार अन्तर्गतको खानोपानी, जलश्रोत, तथा सिंचाई विकास डिभिजन कार्यालय म्याग्दीद्धारा विनियोजीत ३० लाख रुपैयाँको लागतमा ६ सय ७० मिटर पक्की कुलो निमार्ण कार्य सम्पन्न भएको खानेपानी जलश्रोत तथा सिंचाइ डिभिजन कार्यालय म्याग्दीका प्रमुख कुमार खड्काले बताउनु भयो ।


गत बर्ष को असार २५ र २६ गते परेको अबिरल बर्षाका कारण दुखुँ खोलामा आएको बाढीले उक्त आयोजना र दुखुँ सिंचाइ आयोजना दुवैको मुहान भने भत्कादिको छ । यस बर्ष प्रदेश सरकार बाट विनियोजन भएको रकमले आयोजनाको मुहान निमार्ण कार्य सम्पन्न हुन बजेट कम हुने भएकाले अर्काे बर्ष मुहान निमार्ण कार्य गर्नेगरी यस बर्ष रनवाङमा आयोजनाको पक्की नहर निमार्ण कार्य गरीएको उपभोक्ता समितीका सचिव मुक्तमान केसीले बताउनु भयो ।


हाल मुहानमा पाईपमार्फत अस्थायी रुपमा पानी सञ्चालन गरेका छौं । आयोजनाको मुहान निमार्णको लागी गाउँपालिका, प्रदेश सरकार र संघिय सरकार तिनै तह बाट दिर्घकालीन योजना निमार्ण गरी दिगोरुपमा मुहान कार्य हुनुपर्ने स्थानीय श्रीराम पौडेलले बताउनु भयो । पक्की नालि निमार्ण नहुनु र मुहान बाढीले भत्कादिए पछि रनवाङमा मात्रै करीब ६० हेक्टर क्षेत्रफलमा सिंचाइको अभाव भएको थियो । तर हाल अस्थाई रुपमा र्दुइवटा पाईप मार्फत मुहानबाट नहरको भाग सम्म पानी ल्याएर निमार्ण भएको पक्की नालि मार्फत कृषकको खेतबारीमा सिचाइ गर्न भने सहज भएको उपभोक्ता समितीका सचिव केसीले बताउनु भयो ।


बाढीका कारण रनवाङ, सहश्रधारण लगाएतका क्षेत्रका खानेपानी तथा सिंचाइकाे मुहान भत्कादिएको छ । गाउँपालिका मार्फत सोही आयोजनाको करीब १ किलोमिटर तल दुखुँखोला, सहश्रधारा, कुलो निमार्ण तथा तटबन्धन अयोजना निमर्ण गरी बस्ती संम्रक्षणका लागि १२ लाख रुपौयाँ बजेट विनियोजन भएकोमा हाल तटबन्धन निमार्णको काम अन्तीम चरण पुगेको र थप बजेट रकमको व्यवास्थापन गरी कुलो निमार्ण कार्य अगाडि बढाउन लागिएको मंगला गाउँपालिका प्रमुख प्रसासकीय अधिकृत मनोहर ढुङ्गानाले बताउनु भयो ।

You can share this post!

म्याग्दीमा थपियाे जेठ ३१ गते सम्म लकडाउन

रेडक्रस पुलाचौर उपशाखाको कोरोनाविरुद्ध सचेतना अभियान

Related posts