बेनी नगरको मेयरमा ८ सय ४९ मतले सुुरत केसीको अग्रता

म्याग्दी । म्याग्दीको बेनी नगरपालिकामा जारी मतगणनामा मेयर पदमा सुरत केसीको अग्रता कायम रहेको छ । नगरको ५ वटा वडाको मत परिणाम अनुसार केसीले ८ सय ४९ मतले अग्रता लिनुभएको छ ।

एमालेका मेयरका उम्मेदवार केसीलाई ४ हजार २ सय ८२ मत प्राप्त हुँदा गठवन्धनबाट नेपाली काँग्रेसका मेयरका उम्मेदवार चिरञ्जीवि शर्मालाई ३ हजार ४ सय ३३ मत प्राप्त भएको छ ।

मेयरमा केसीले वडा नम्वर १ देखि ५ सम्म क्रमश ७५४, ८६२, ६५४, ९५५ र १०५७ ल्याउनुभएको छ भने शर्माले क्रमश ६०१, ८४२, ६२६, ६३६ र ७२८ मत ल्याउनुभएको छ ।

पाँच वटै वडामा केसीको मत अगाडि रहेको छ । त्यस्तै उपाध्यक्षमा भने गठवन्धनबाट नेकपा माओवादीका ज्योति लामिछानेले १ हजार २ सय ४५ मतले अग्रता लिनुभएको छ ।

लामिछानेले ४ हजार १ सय १३ मत प्राप्त गर्दा नेकपा एमालेका पशुपति शाहीले २ हजार ८ सय ६८ मत लिनुभएको छ । अहिले वडा नम्वर ६ र ७ को मतगणना जारी रहको छ ।

You can share this post!

रघुगंगा –८ मा अध्यक्षमा गमान छन्त्याल सहित काँग्रेसको प्यानल विजयी

बेनपा –७ को वडा अध्यक्षमा रमेश श्रेष्ठ विजयी

Related posts