भारतकी प्रसिद्ध गायिका लता मंगेशकरको ९२ वर्षको उमेरमा निधन

काठमाडौं । भारतकी प्रसिद्ध गायिका ‘स्वर कोकिला’ उपनामले चिनिने लता मंगेशकरको ९२ वर्षको उमेरमा निधन भएको छ । मुम्बईको ब्रीच क्याण्डी अस्पतालमा उपचारको क्रममा आइतबार बिहान लताको निधन भएको हो ।

कोरोना संक्रमण भएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो । केही दिनयता उनलाई भेन्टिलेटरमा राखिएको थियो ।

उनले ३६ भाषामा हजारौं गीत गाएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । उनले थुप्रै नेपाली गीत पनि गाएकी छन् ।

You can share this post!

१३ सय कोभिड बिरामी थपिए, ११ जनाको मृत्यु

मन्त्रिपरिषदको निर्णय  स्थानीय निर्वाचन २०७९ वैशाख ३० गते

Related posts