मंगला गाउँपालिका अध्यक्ष रोकालाई मातृशोक

म्याग्दीको मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोका र वडा नं ३ बरंजाका अध्यक्ष कविन्द्र रोकालाई मातृ शोक परेको छ । ममतामयी माता आसिमा रोकाको १ सय ८ बर्षको उमेरमा मंगलबार मंगला–३ सातविसे स्थित आफ्नै निवासमा निधन भएको हो ।

मंगला गाउँपालिकाकै जेष्ठ नागरिक आसिमाले १ सय बर्ष पुरा भएको उपलक्ष्यमा मंगला शिक्षा क्याम्पसलाई परिवारको तर्फबाट ५ लाख सहयोग समेत गर्नुभएको थियो । उहाँले सामाजिक क्षेत्रमा थुप्रै सहयोग गर्नुभएको छ । कोरोनाको महामारीबाट जोगिन गाउँपालिका भित्र ज्येष्ठ नागरिकलाई खोप लगाउने अभियानको सुरुवात समेत रोकाबाटै गरिएको थियो ।

उहाँको निधन प्रति दुख ब्यक्त गर्दै उपाध्यक्ष सिर्जना केसीले गाउँपालिकाको तर्फबाट बुधवार शोक बक्तब्य जारी गर्नुभएको छ ।

 

You can share this post!

बाढिले बगाएको लघुजलबिद्युत मर्मत नहुँदा लुलाङ्गबासी समस्यामा

लमसुङ माविमा शिक्षकको अभावः गुणस्तरीय शिक्षामा कमि

Related posts