भकिम्लीमा ‘नमुना’ बर्थिङ सेन्टर बन्ने

बेनी नगरपालिका–३ भकिम्लीमा सुविधायुक्त बर्थिङ सेन्टर निर्माण हुने भएको छ । ‘वानहर्ट वल्डवाईड’ नामक संस्था र बेनी नगरपालिकाको सहकार्यमा ४५ लाखको लागतमा ७ कोठे भवन निर्माण हुने भएको हो ।

जिर्ण स्वास्थ्य चौकीको भवनभित्रै रहेको बर्थिङ सेन्टरका कारण प्रसुती सहित उपचारमा समस्या भइरहेको अवस्थामा आवश्यक उपकरण सहित ब्यवस्थित बनाउने गरी बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकाल र संस्थाका उपेन्द्र चन्द बिच सम्झौता भएको छ ।

भवन अभावमा स्वास्थ्य केन्द्रको सानो कोठामा सुत्केरी सेवा उपलब्ध गराउँदै आएको स्वास्थ्य चौकीका अन्य सेवा प्रभावित भइरहेको अवस्थामा भवन बन्ने भएपछि सहज हुने अपेक्षा गरिएको वडा अध्यक्ष पदम पुनले बताउनुभयो । उहाँका अनुसार बर्थिङ सेन्टरका लागि सुत्केरी गराउने, स्वास्थ्यकर्मी बस्ने, वेटिङमा बस्ने र हलसहितको भवन निर्माण गरिने छ ।

भवन अभावमा स्वास्थ्य केन्द्रको सानो कोठामा सुत्केरी सेवा उपलब्ध गराउँदै आएको स्वास्थ्य चौकीमा भकिम्लीका साथै छिमेकी जिल्ला बागलुङको काठेखोला तथा आसपासका क्षेत्रबाट समेत सेवा लिन आउने गरेका छन् ।

बेनी नगरका मेयर श्रेष्ठले सुरक्षित प्रसुती सेवाका लागि थप स्रोतसाधनको कमी हुन नदिने बताउनुभयो । भकिम्लीमा प्रसुतीका लागि दक्ष जनशक्ती भएकाले भवन बनेपछि सहज हुने स्वास्थ्य चौकीले जनाएको छ । स्वास्थ्यचौकी जिर्ण हुदाँ झरीमा छाता ओडेर उपचार गर्नुपर्ने बाध्यता रहेको छ । वन हार्ट वल्डवाइडद्वारा म्याग्दीमा मातृ तथा नवजात शिशुका लागि सुरक्षा सञ्जाल परियोजना सञ्चालन भइरहेको छ ।

You can share this post!

नाचगान गरेर शिक्षकलाई तलब भत्ता

बेनी नगरद्वारा सडक स्तरोन्नतीमा ८१ लाख बजेट बिनियोजन

Related posts