म्याग्दी सदरमुकाम बेनी बजारमा बेनपा–७ मंगलघाटमा कन्ट्रक्याक्ट ट्रेसिङमा परेका सबैको पिसीआर रिपोर्ट नेगेटिभ आएको छ । मंगलघाट बस्ने महिलामा पोखरा अस्पलातमा उपचारका लागि लगिएको बेला पिसीआर रिपोर्ट चेक गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । उक्त महिलामा कोरोना संक्रमण पुष्टि भए सँगै कन्ट्रक्याक्ट ट्रेसिङ गरिएको थियो । कन्ट्रक्याक्ट ट्रेसिङमा परेका सबै जनाको पिसीआर रिपोर्ट नेगेटिभ आए सँगै पोखरामा नै कोरोना संक्रमण भएको हुन सक्ने स्वाथ्य कार्यालय म्याग्दीका प्रमुख एक नारायण लम्सालले बताउनु भयो । पछिल्लो समय म्याग्दी जिल्लाबाट बाहीरी जिल्लामा गएर पिसीआर चेक गर्दा कोरोना संक्रमण देखिन थाले पछि स्वाथ्य कार्यालय म्याग्दीले बाहीरी जिल्ला बाट म्याग्दी जिल्लामा प्रवेश गरे सँगै जनस्वाथ्य मापडण्ड पालना गरि होम क्वारेन्टाइनमा बस्नका लागि सबैलाई अनुरोध गरेको लम्सालले बताउनु भयो ।