देशको निर्णायक अधिकार नेपालीको हातबाट खोसियोः अध्यक्ष लिङ्देन

म्याग्दी । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले देशको निर्णायकत्व नेपालीको हातबाट खोसिएको बताउनुभएको छ । मंगलबार राष्ट्रिय प्रजातन्त्र पार्टी म्याग्दीले बेनीको खुल्लामञ्चमा आयोजना गरेको पार्टी प्रवेश तथा वृहत आमसभा कार्यक्रमलाई सम्वोधन गर्दै केन्द्रीय अध्यक्ष लिङ्देनले देशमा वैदेशिक हस्तक्षप बढ्दै गएको र शक्ति राष्ट्रहरुको रणनीतिक प्रतिस्पर्धास्थल बनेको बताउनुभएको हो ।

देशको संविधान कस्तो बनाउने, नागरिकता ऐन कस्तो बनाउने, वैदेशिक नीति कस्तो बनाउने भन्ने जस्ता महत्वपूर्ण विषयहरुमा विदेशीहरुले सिकाउने र नेपालका नेताहरुले त्यही अनुसार कार्यान्वयन गर्दै गएको आरोप लगाउनुभयो ।

निर्वाचनमा कुन पार्टीले जित्ने, कुन पार्टीको प्रधानमन्त्री बन्ने र कुन कुन दलले गठवन्धन गर्ने भन्ने विषयको टुङ्गो पनि विदेशीले नै लगाईदिन पर्ने अवस्था सृजना भएको भन्दै लिङ्देनले विदेशी हातमा गएको निर्णाकत्वलाई फिर्ता ल्याउनलाई राप्रपा अघि बढेको बताउनुभयो ।

३ दशकदेखि देशको राज्य सत्ता संचालन गरेकाहरुले देशलाई बृद्धाआश्रम जस्तै बनाएको भन्दै उहाँले अव जनतालाई पर्खने र हेर्ने अवस्था नभएको बताउनुभयो । जनताकै सक्रियतामा गणतन्त्र त आयो तर त्यसपछि देशले के पायो, अनि जनताले के पाए त, जनता आफैले सोच्ने बेला आएको लिङ्देनको भनाई छ ।

कृषि प्रधान देशमा आज बाली लगाउने बेलामा विउ छैन, युरीया मल छैन, भ्रस्टाचार मौलाएको छ, सक्षम युवाहरु देशमा बस्ने अवस्था छैन, अर्थतन्त्र ओरालो लागेको छ, राष्ट्रिय क्रृण वृद्धि भैरहेको छ, अनि विदेशीहरुको इसारा अनुसार राष्ट्रघाती निर्णयहरु एकपछि अर्को भईरहेका छन, लिङ्देनले भन्नुभयो, “यसरी जनतालाई मूर्ख बनाउने तपाईका नेताहरुको बासक आगामी निर्वाचनमा खाली पठाएर सजाए दिनुहोस, बल्ल तिनिहरु सुध्रिने छन” ।

अध्यक्ष लिङ्देनले राप्रपा देश बनाउने र राष्ट्रियका रक्षा गर्दै देश बचाउने संकल्प लिएर आएको भन्दै आगामी निर्वाचनमा हलो चिन्हमा भोट दिन समेत सम्पूर्ण म्याग्देली जनताहरुलाई आव्हान गर्नुभएको छ ।

वृहत आमसभालाई राप्रपाका केन्द्रीय सदस्य दिलविकास राज भण्डारी, केन्द्रीय सदस्य एवम् पूर्व राज्य मन्त्री भिम प्रसाद गौचन, केन्द्रीय सदस्य जगत गौचन, गण्डकी प्रदेश अध्यक्ष पंचमान गुरुङ, राप्रपा म्याग्दीका उपाध्यक्ष जगतनारायण गौचन लगायतका नेताहरुले मन्तव्य व्यक्त गर्दै नेपाललाई हिन्दु राष्ट्र बनाउनुपर्नेमा जोड दिनुभएको थियो ।

सोही अवसरमा पूर्व जिविस सभापति चक्रपाणी आचार्य, विश्व हिन्दु महासंघका उपाध्यक्ष डण्डपाणी पौडेल, लगायत एमाले, काँग्रेस तथा माओवादी पार्टी परित्याग गरि जिल्लाभरबाट राप्रपामा प्रवेश गरेका एक सय जना भन्दा वढिलाई स्वागत तथा पार्टी सदस्यता प्रदान गरिएको थियो ।

प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन नजिकिदै गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टीको नीति तथा योजनाहरुलाई आम जनतामाझ प्रस्तुत गर्ने उद्देश्य अनुरुप कार्यक्रमको आयोजना गरिएको राप्रपा म्याग्दीका अध्यक्ष विर बहादुर थापाले बताउनुभयो ।

You can share this post!

प्रतिष्ठान उपत्यका समन्वय लाजिम्पाट समितिको अध्यक्षमा बसन्त विश्वकर्मा

फोटो पत्रकार महासंघ म्याग्दीको अध्यक्षमा अमर बानियाँ

Related posts