म्याग्दी । म्याग्दीमा संचालनमा रहेको म्याग्दीकाली संचार सहकारी संस्था लिमिटेडको पन्ध्रौँ बार्षिक साधारसभा सम्पन्न भएको छ । साधारणसभाको शुक्रबार बेनी नगरपालिका प्रमुख सुरत केसीले उद्घाटन गर्नुभएको हो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख केसीले जिल्लामा संचालनमा रहेका संचारगृहलाई दरिलो बनाउनुपर्ने बताउनुभयो । पछिल्लो समय जिल्लामा संचालनमा रहेका मिडियाहरु धराशायी बन्दै गएकाले मिडिया र त्यहाँ कार्यरत संचारकर्मीकोहरुको हितमा रहेर नगरपालिकाले आवश्यक कार्यनीति बनाउने बताउनुभयो । मिडिया कमजोर हुँदा नागरिकले सूचना पाउने अबस्था पनि कमजोर हुदै जान्छ, यसका लागि स्थानीय पालिकाहरुले चासो व्यक्त गर्नुपर्छ, नगर प्रमुख केसीले भन्नुभयो ।
जिल्लामा संचालनमा रहेको एक मात्र रेडियो म्याग्दीकाली एफ.एम ८८.२ मेगाहर्जको विकासका लागि नगरपालिकाले सक्ने सहयोग गर्ने बताउनुभयो । जिल्लामा एउटा रेडियो आवश्यक समेत रहेको बताउदै यसलाई प्रभावकारी बनाउन समय अनुरुप यसको विकास गर्नुपर्ने उहाँको भनाई थियो ।
साधारण सभामा बेनी नगरपालिका–वडा नं.८ का अध्यक्ष उत्तमकुमार कमार्चाय, नेपाल पत्रकार महासंघ म्याग्दीका उपाध्यक्ष एवम् जिल्लाका क्रियाशिल पत्रकार हरिकृष्ण गौतमले प्रविधिको चुनौतिलाई सामना गर्दै नयाँ योजना र भिजनका साथ संचारगृहहरु अगाडि बढ्न आबश्यक रहेको बताउनुभयो ।
संस्थाका अध्यक्ष विजय कुमार श्रेष्ठको अध्यक्षतामा आयोजित साधारण सभाले संस्थाका सचिव सुविन श्रेष्ठले प्रस्तुत गर्नु भएको बार्षिक प्रगति र कोषाध्यक्ष राजु बानीयाँले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदनलाई छलफल र सुझाव सहित पारित गरको छ ।
केबल र एफ.एफ संचालन गरेको संस्थाले आर्थिक बर्ष २०७८÷०७९ मा केबल तर्फ ३३ लाख, ९१ हजार, ४८८ आम्दानी गरेको छ । भने ६१ लाख ३४ हजार, ८९५ रुर्पयाँ खर्च गरेको छ । जसमा केवल तर्फ, २३ लाख ५२ हजार, २८६ रुपैयाँ, एफएम तर्फ १० लाख ३९ हजार १८२ रुपैयाँ आम्दानी भएको र खर्च तर्फ केवल तर्फ ५२ लाख, ५१ हजार, ३५१ रुपैयाँ, रेडियो तर्फ ८ लाख ८३ हजार, ५४४ रुपैयाँ खर्च भएको कोषाअध्यक्ष बानियाँले प्रस्तुत गर्नुभएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
त्यस्तै म्याग्दीकाली र पोखरा इन्टरनेटको ५०÷५० प्रतिशत लगानीमा संचालनमा रहेको इन्टरनेट तर्फ संस्थाको ५०÷५० प्रतिशत लगानीमा संचालित इन्टरनेट तर्फ कुल आम्दानी १ करोड ३७ लाख १२ हजार, ३८ रुपैयाँ रहेकोमा खर्च तर्फ ७४ लाख, ५५ हजार, ४७७ रुपैयाँ भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
२०६४ सालमा स्थापना भएको संस्थाले हाल बेनी नगरपालिका ७ मंगलाघाटमा अवस्थित आफ्नै भवनबाट कार्यालय संचालन गरिरेहेको छ । संस्था द्वारा म्याग्दीकाली इन्टरनेट, म्याग्दीकाली एफ.एफ र पोखरा इन्टरनेट संचालित छ । कार्यक्रम संस्थाका अध्यक्ष बिजय कुमार श्रेष्ठको अध्यक्षता, सदस्य एवम् इन्टरनेट संयोजक ध्रुर्ब सुबेदीको स्वागत, सचिव श्रेष्ठको संचालनमा सम्पन्न भएको थियो ।