लागु औषध सेवन तथा विक्री वितरण गर्ने एक र अवैद बरुवा बन्दुक बोक्ने एक प्रकाउ

म्याग्दी जिल्लाको सदरमुकाम बेनीबजारको गणेशटोल बाट लागु औषध सेवन तथा विक्री वितरण गर्ने एक जना र अन्नपुर्ण गाउँपालिका –८ काफलडाँमा एक नाले भरुवा बन्दुक बोक्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । लागु औषध सेवन तथा बिक्री वितरणमा संलग्न रहेका बेनी बजारको गणेशटोल बस्ने २९ बर्षका बिमल भण्डारीलाई जिल्ला प्रहरी कार्यालय म्याग्दीको टोलिले नियन्त्ररणमा लिएको हो ।
भण्डारी मार्फत बेनीमा लागुऔषधको सेवन तथा बिक्री बितरण हुन्छ भन्ने गोप्य सूचनाको आधारमा कर्तिक एक गते भण्डारीको घरमा खानतलासी गर्दा आफु सुत्ने कोठामा कोट राख्ने कभर भित्र लुकाई राखेको अबस्थामा लागुऔषध डाईजेपाम–३० एम्पुल, फेनरागन–३१ एम्पुल र नुर्फिन–३० एम्पुल गरि जम्मा ९१ एम्पुल लागूऔषध र ६ थान सिरिन्ज सहित नगद समेत बरामद गरीएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख तथा प्रहरी नायव उपरीक्षक किरण जंग कुवरले बताउनु भयो ।

पछिल्लो समय म्याग्दीमा युवा युवति धेरै मात्रामा लागु औषधको सिकार बनेको बताउँदै यसको नियन्त्रणका लागि प्रहरीले विषेश अप्रेशन नै सञ्चालन गरेको बताउनु भयो । उहाँले लागु औषध सेवन कर्तालाई परिवार भित्रै बाट नै संरक्षण भएको हुन सक्ने बताउँदै त्यसले भविष्यमा दुर्घटना निश्किन सक्ने बताउनु भयो ।


त्यसैगरी ईलाका प्रहरी कार्यालय घोडेपानी म्याग्दीबाट प्र.स.नि. रबि आचार्यको कमाण्डमा खटिएको टोलिले अन्नपूर्ण गाउँपालिका वडा नं. ८ काफलडाँडाका एक पुरुष सहित एक नाले भरुवा बन्दुक नियन्त्रणमा लिएको छ । गस्ती गर्ने क्रममा भरुवा बन्दुक लुकाएर लिएर हिडेको भन्ने गोप्य सूचना पाएपछि प्रहरीले खान तलासि गर्दा काफलडाँडाका ३१ बर्षका अम्बर गर्बुजालाई नियन्त्रणमा लिएको हो । गर्बुजा को साथबाट बन्दुक सहित बन्दुकमा लाग्ने गाेली १७ थान, फलामका टुक्राहरु ४४ थान र बारुद १०० ग्राम फेला परेको कुवरले जानाकारी दिनु भयो ।

You can share this post!

म्याग्देली कलाकारहरुको दशैँ तिहार ‘मयाँले’ बजारमा

'शवले खोक्दैन, ह्याछ्युँ गर्दैन, त्यसैले मास्क लगाउने, परिवारले आफैं अन्त्येष्टि गर्ने'

Related posts