‘जनताको साथमा काँग्रेस’ अभियान अन्तर्गत बेनीमा प्रशिक्षण

म्याग्दी । नेपाली काँग्रेस म्याग्दीले ‘जनताको साथमा काँग्रेस’ अभियान अन्तरगत आइतबार प्रदेशसभा ‘क’ का अगुवा कार्यकर्ताहरुलाई बेनीमा प्रशिक्षण दिएको छ । आसन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गरी सुरु भएको अभियानमा सम्बोधन गदैं केन्द्रिय प्रतिनिधि एवम् पार्टीका केन्द्रिय सदस्य दिनेश कोइरालाले नेपाली काँग्रेसले सरकारमा रहँदा तथा प्रतिपक्षमा रहँदा पनि देशको हितमा गरेका राम्रा कामहरुको बारेमा जनतामाझ प्रष्ट पार्नुपर्ने बताउनुभयो ।

उहाँले कम्युनिष्टले अघिल्ला निर्वाचनहरुमा आफुले पाएको जनमतको दुरुपयोग गरेको समेत आरोप लगाउनुभयो । वर्तमान सरकार लोकतन्त्र र संविधानको रक्षाका लागि सक्रिय रहेकाले गठबन्धन भएमा इमान्दारिता पूर्वक सहकार्य गरी गठबन्धनलाई विजय बनाउन समेत कोईरालले आग्रह गर्नुभएको छ ।

सभापति खम्विर गर्वुजाको अध्यक्षतामा भएको भेलामा बिशिष्ट अतिथि संविधानसभा सदस्य रेशम बहादुर बानियाँ, पुर्व सह–सभापति नेत्र बहादुर महत, उपसभापति हरिकुमार श्रेष्ठ, केबीभण्डारी, क्षेत्र ‘क’ सभापति ओम छन्त्याल लगायत कार्यसमिति सदस्य,महाधिवेशन प्रतिनिधि, भातृ तथा सुभेच्छुक संस्थाको प्रमुख तथा प्रतिनिधि, जनप्रतिनिधि लगायत अगुवा कार्यकर्ताको उपस्थिीति रहेको थियो । कार्यक्रमको सञ्चालन सचिव हिराबहादुर पुनले गर्नुभएको थियो ।

कांग्रेसले पार्टीको नीति, कांग्रेस नेतृत्वमा विगतमा हासिल राजनैतिक र आर्थिक उपलब्धी एवं समसामयिक विषयमा छलफल भएको थियो । भेलामा बेनी नगरपालिका, रघुगंगा गाउँपालिका र अन्नपूर्ण गाउँपालिकाका कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतदानका लागि जनताको घर–आँगनमा पुग्ने र जनताको भावना अनुरुपको विकास र परियोजनाहरुबारे विविध ढंगले अन्तरक्रिया गर्ने गरी वडामा संयोजकहरु खटाइएको कांग्रेसले जनाएको छ ।

यो संगै जनताको साथमा काँग्रेस पालिका स्तरीय अभियान सकिएको छ भने वडा तहमा भाद्र २४ गते सम्म अभियान अन्तर्गत विभिन्न गतिविधि संचालन गरिने नेपाली काँग्रेसका जिल्ला सचिव हिरा पुनले बताउनुभयो ।

You can share this post!

अखिल र युवा संघले बेनी अस्पतालका ठेकेदार हराएको सूचना जारी गरे

एमाले म्याग्दीबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारमा हरिकृष्ण श्रेष्ठ सिफारिस

Related posts