एमाले म्याग्दीबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारमा हरिकृष्ण श्रेष्ठ सिफारिस

म्याग्दी । नेपाल कम्युनिष्ट पार्टी एमाले म्याग्दीबाट प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि हरिकृष्ण श्रेष्ठको नाम सिफारिस गरेको छ । सोमवार बसेको जिल्ला कमिटीको वैठकले नेकपा एमाले गण्डकी प्रदेश कमिटीका सचिवालय सदस्य श्रेष्ठलाई सर्वसम्मत रुपमा सिफारिस गर्ने निर्णय गरेको हो ।

प्रतिनिधिसभाको समानुपातिक तर्फ केन्द्रीय सदस्य तथा म्याग्दी जिल्ला सह–ईन्चार्ज नरदेवी पुन र केपी अधिकारीको नाम सिफारिस गरिएको जिल्ला कमिटी अध्यक्ष देवेन्द्र बहादुर कटुवालले जानकारी दिनुभयो ।

दुई कार्याकाल जिल्ला अध्यक्षको रुपमा रहेर पार्टीको नेतृत्व सम्हाल्नुभएको श्रेष्ठ विकासप्रेमी, सालिन र वौद्धिक नेताको रुपमा स्थापित हुनुहुन्छ । यसअघि भएका दुईवटा निर्वाचनमा पार्टीका उम्मेदवारलाई जिताउनका लागि श्रेष्ठले कुशलतापूर्वक नेतृत्व गर्नुभएको थियो । एमालेले सर्वसम्मत रुपमा प्रतिनिधि सभाको उम्मेदवार सिफारिस गरेकोमा कार्यकर्ताहरु समेत खुसि भएका छन ।

तर प्रदेशसभाका लागि भने क्षेत्र क र ख ले जिल्ला कमिटीमा सिफारिस गरेका २७ जनाकै नाम प्रदेश कमिटीमा सिफारिस गरिएको अध्यक्ष कटुवालले बताउनुभयो ।

जिल्ला कमिटी वैठकमा वृहत छलफल गरियो तर कुनै आकाङ्क्षीले पनि नाम फिर्ता लिन चहानुभएन, प्रदेशसभा निर्वाचन क्षेत्रका दुइवटै कमिटीले पठाएको नाम सवै प्रदेश कमिटीमा पठाउने निर्णय गरिएको छ, अध्यक्ष कटुवालले भन्नुभयो ।

प्रदेशसभा निर्वाचन क्षेत्र (क) बाट प्रत्यक्षतर्फको उम्मेदवारका लागि नेकपा एमालेका गण्डकी प्रदेश सचिवालय सदस्य खुम बहादुर बानियाँ, जिल्ला अध्यक्ष देवेन्द्रबहादुर कटुवाल, उपाध्यक्ष बालकृष्ण सुवेदी, नेताहरु सन्तोष रावल, नारायण जिसी, लोक भण्डारी, राम प्रसाद सुवेदी, बेल बहादुर चोखाल, हेमकुमारी गर्बुजा, शिवकुमार बरुवाल र प्रकाश पौडेलको नाम सिफारिस गरिएको छ भने समानुपातिकतर्फ खड्क गिरी, गणेश बहादुर बानियाँ, जाफर हुसेन, जिवन कुमार विश्वकर्मा, प्रमोद श्रेष्ठ, विष्णु गुरुङ, र सिवानी ल्वागुनको नाम सिफारिस भएको छ ।

यसैगरि प्रदेशसभा क्षेत्र (ख) बाट प्रत्यक्षर्फ एमाले गण्डकी प्रदेश अध्यक्ष तथा संविधानसभा सदस्य नवराज शर्मा, प्रदेश कमिटि सदस्य रामचन्द्र गौतम, नेताहरु यामबहादुर गर्बुजा, धनबहादुर गुरुङ, पदमलाल सापकोटा, यसोदा रोका र समानुपातिकतर्फ खरमाया विटालु, सिर्जना केसी, सिता गुरुङको नाम प्रदेश कमिटीमा सिफारिस गर्ने निर्णय गरिएको नेकपा एमाले जिल्ला कमिटी सचिव सुरत केसीले बताउनुभयो ।

You can share this post!

‘जनताको साथमा काँग्रेस’ अभियान अन्तर्गत बेनीमा प्रशिक्षण

सजनाले भेटाएको १ तोलाको सुनको सिक्री सागरलाई बुझाईन

Related posts