हरियाली कालिज फर्ममा चितुवा, चितुवा देखेपछि भागाभाग ।

बेनी नगरपालिका ४ सिँगामा रहेको हरियालि कृषि फर्मले पालन गरेको कालिजको एक फर्ममा चितुवा पसेको छ । शुक्रबार विहान कर्मचारीले कालिजलाई दाना हाल्न जाँदा चितुवा देखेपछि कर्मचारि नै फार्म बाट भागाभाग गरेको सञ्चालक समिती सदस्य सेरबहादुर केसीले बताए ।
हरियालिले तारबार र जालिले सुरक्षित गरेर दुईवटा खोरमा गरेर एक हजार कालिज पालन गरेको छ । उक्त फर्ममा कसरी पस्यो चितुवा भन्ने कुरामा जानाकार नभएको केसीले बतए । चितुवा बिहीबार राती पसेको हुन सक्ने अनुमान लागाईएको छ ।

कालिजको फ र्म भित्र पसेपनि तारबार र फलामले फर्मलाई घेरेको हुनाले चितुवा फर्म भित्र नै रहेको केसीले बतए । चितुवाको उद्दार कार्यका निम्ती जिल्ला बन कार्यालय, भेटेनरी, जिल्ला प्रहरी कार्यालय र प्रशाशन सँग सहकार्य भईरहेको छ । चितुवाले खोर भित्र असी देखी एक सय सम्म कालिजलाई क्षेत्री पु¥याएको अनुमान गरिएको फर्मका म्यानेजर सुदिप न्यौपानेले बताए ।

You can share this post!

प्रेमिल जोडीको प्रेमकथा झुम्का दिएर उनलाइ मनको कुरा भन्ने योजना बनाएँ

पर्वतमा समुदायमा पहिलो पटक कोरोना संक्रमण भेटियो, सदरमुकाम शिलको तयारी

Related posts