मालिका –२ मा एमालेको प्यानल विजयी पालिकामा बेग प्रसाद गर्वुजाको अग्रता

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका –२ रुमको वडा अध्यक्षमा नेकपा एमालेका उम्मेदवार उदय कुमार बुढाथोकी बिजयी हुनुभएको छ ।

उहाँसंगै रुममा एमालेको प्यानल नै बिजयी भएको हो । बुढाथोकीले ७५१ मत लिएर बिजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी नेपाली काँग्रेसका तारा बहादुर रोकाले ६१५, माओवादीका हर्कलाल दर्जीले २०७, र मंगोल नेश्नलका प्रेम कुमार रोकाले २० मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत गोविन्द उपाध्यायले जानकारी दिनुभयो ।

गाउँपालिका अध्यक्षमा नेकपा एमालेका बेगप्रसाद गर्वुजाले ७०७, नेपाली काँग्रेसका श्रीप्रसाद रोकाले ५९७ र नेकपा माओवादीका रेशम जुग्जालीले २६४ र मंगोलका खम बहादुर रोकाले २१ मत प्राप्त गरेका छन । रुम २ बाट गर्बुजाले ११० मतले अग्रता लिनुभएको छ ।

You can share this post!

अन्नपूर्ण १ दोवामा एमालेको प्यानल विजयीः पालिकामा १२० मतले एमालेको अग्रता

बेनी नगरपालिका १ मा ७ सय मत गनियोः मेयरमा सुरत केसीको अग्रता

Related posts